समायोजन खबर खोटाङ,
पछिल्लो समय जबरजस्ती करणीका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार अघिल्लो वर्षमात्रै १४ सय ८० उजुरी प्रहरीमा दर्ता भएको छ । प्रहरीसम्म नआइपुगेका घटना यो भन्दा बढि हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच, देशका विभिन्न ठाउँमा भएका बलात्कार र हत्या घटनामा संवेदनशिल भएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रिले कञ्चनपुरको निर्मला हत्या वा महोत्तरीकी ८ महिने बालिका सोनालीको हत्या जस्ता घटनामा प्रहरीले गम्भीरताका साथ अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । कुनैपनि आपराधिक घटनामा प्रहरीले वेवास्ता नगरेको र घटना अनुसार नयाँ योजनाका साथ अनुसन्धान भइरहेको पनि बताए ।
२०७५ भदौ १७ गते बिहान ८ : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology