चिसाङ शेर्पा खोटाङ,
खोटाङमा एक पुरुष पाँच दिनदेखी बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ किउरेनी पूरानो गाउँका ३९ वर्षीय कमल बहादुर घिमिरे बेपत्ता भएका हुन् ।
जिल्ला अस्पताल चोक नजिक दुध डेरी सञ्चालन गर्दै आएका घिमिरेले दुध डेरीबाट भदौ १२ गते बिहान ४ बजे आफ्नो जेठी छोरीलाई फोनमा घर हिडेको बताएपछि बेपत्ता बनेका उनका श्रीमती कृष्ण कुमारी घिमिरे जानकारी दिईन् ।
बेपत्ता बनेका घिमिरे आफन्त, छरछिमेकमा नभेटिएको पाइएको छ । परिवारलाई शंकास्पद लागेका स्थानहरुमा खोजी गर्दा समेत फेला नपरेपछि शनिवार खोजीका लागि प्रहरीमा उजुरी दिएको सालो पृथ्वी नारायण आचार्यले बताए । बेपत्ता भएका घिमिरको १ छोरा ४ छोरी रहेको छ । पिडित परिवारको निबेदन अनुसार खोजतलास गर्ने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।
२०७५ भदौ १६ गते साँझ ६ : ५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology