एसिया कप छनोट क्रिकेटमा नेपाललाई पहिलो जित

समायोजन खबर खोटाङ,

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । १८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल आज तेस्रो खेलमा पहिलो जित आत्मसाथ गर्न सफल भयो ।

 

नेपाललाई जिताउन बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए । यसैगरी सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । मलेसियाका अनुवार अनुरिद्दिन र सायद अजिजले ३४–३४ रन बनाए । पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै  १८८ रन बनाएको थियो । खराब शुरुआत गरेको नेपाललाई मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उकासेका थिए ।

 

शेखले नटआउट ६४ रन बनाउँदा दीपेन्द्रले महत्वपूर्ण ५४ रन जोडे । दुई जना खेलाडीले अर्धसतकको पारि खेलेपछि धरासायी बनेको नेपालको पारी उकासिएको थियो । ६० रनमा ५ विकेट गुमाएको नेपाललाई उकास्न दीपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको सोझेदारि गरेका थिए । आज पनि नेपालको ओपनिङ अर्डर भने चल्न सकेन् । पहिलो विकेका रुपमा सुवास खकुरेललाई १८ रनको टिम स्कोरमा गुमाएको थियो । सुवास ९ रनमा आउट भएका थिए ।

 

दोस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमायो । ज्ञानेन्द्र नेपालको स्कोर ३८ रन हुँदा ११ रन बनाएर आउट भए ।
तेस्रो विकेटको रुपमा पारस खड्का १३ रनको ब्यक्तिगत स्कोरमा आउट भए । चौथो विकेट अनिल कुमार साह आउट भए भने त्यसलगत्तै सागर पुन पनि खातानै नखोली पेभेलियनको बाटो लागे । सागर पुन आउट हुँदा नेपालको स्कोर ६० रन थियो । त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । दीपेन्द्र ५४ रनमा आउट भए ।

 

छैटौं विकेटको रुपमा दीपन्द्र आउट भए पछि  मैदान आएका सोमपाल कामी पहिलो बलमै पेभेलियन फर्किए । त्यसपछि मैदान आएका बसन्त रेग्मी र क्रिजमा रहेका आरिफबीच १४ बलमा २७ रनको साझेदारी भएपछि नेपालले निर्धारित ओभरमा १८८ रन बनायो । सेजरुल इद्रुस र सार्दुल मुनिड्डेले तीन तीन विकेट लिए । नेपालले भोलि सिंगापुरसँग खेल्ने छ । उज्यालो
२०७५ भदौ १६ गते अपरान्ह ४ : ३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...