• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिराटनगरमा पेस्तोल सहित एक पक्राउ

बिराटनगरमा पेस्तोल सहित एक पक्राउ


समायोजन खबर
  • शनिबार, भाद्र १६ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,

    सुन पसलमा लुटपाट गर्ने एकजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल (विक) लाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

    निजले पसलबाट ९.७७ ग्रामको सुनको ब्रासलेट लुटी भाग्न लाग्दा बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले स्वचालित पेस्तोल, दुई राउण्ड गोली, सुनको ब्रासलेटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    २०७५ भदौ १६ गते अपरान्ह ३ : २२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology