• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लफ्याङमा एकवर्षे शैक्षिक प्रगती प्रतिबेदन प्रस्तुत

लफ्याङमा एकवर्षे शैक्षिक प्रगती प्रतिबेदन प्रस्तुत


चिसाङ शेर्पा
  • शुक्रबार, भाद्र १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    लफ्याङमा शैक्षिक कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडा शिक्षा समितिले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुरुप शैक्षिक कार्यशाला कार्यक्रम समापन भएको हो ।

     

    कार्यक्रममा शैक्षिक क्षेत्रको सुधारमा कडाई गर्न वडा शिक्षा समिति गठन भए पश्चात गतवर्षको साउन २७ गतेबाट हालसम्मको एकवर्षे शैक्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो । वडा कार्यालय लफ्याङमा प्रस्तुत गरिएको वर्ष दिनको प्रगती प्रतिबेदनले शिक्षा क्षेत्रमा सन्तोषजन उपलब्धि र आंशिक रुपमा परिवर्तन आएकोे निष्कर्ष निकालेको थियो ।

     

    पाँच बिद्धालयका शिक्षक, व्यवस्थापन समिति अध्यक्ष, वडा शिक्षा समिति सदस्यहरु, वडाका जनप्रतिनिधि, सल्लाहकार समिति, शिक्षक अभिभावक संघका अध्यक्षहरु सहित भएको कार्यक्रममा २०७५÷०७६ मा प्रकाशन गरिएको शैक्षिक क्यालेण्डरको वारेमा समेत छलफल भएको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए । छलफलले शैक्षिक क्यालेण्डर आवश्यक र शैक्षिक सुधारको कडी भएको निष्कर्ष निकालेको छ ।

     

    साथै कार्यक्रममा लफ्याङमा भएको पाँचवटा बिद्धालयका विषयगत शिक्षकद्धारा थप शैक्षिक सुधारको विषयमा छलफल भएको थियो । नेपाली, विज्ञान, सामाजिक, गणित, अंग्रेजी विषयमा अझै सुधार गर्नुपर्ने शिक्षकहरुको निष्कर्ष छ । जसका लागि स्थानिय स्तरमा पाईने शैक्षिक सामग्री प्रयोग गरेर उक्त बिषयहरुमा सुधार गराउने शिक्षकहरुले प्रतिबद्धता जनाएका छन् ।

     

    लफ्याङले यस शैक्षिकसत्रबाट वडामा रहेका पाँचवटा बिद्धालयका लागि शैक्षिक क्यालेण्डर लागू गरेको छ । वडा शिक्षा समितिले लागू गरेको शैक्षिक क्यालेण्डर अनुसार पाँचै विद्धालयमा एकसाथ परिक्षा, नतिजा प्रकाशन, हिउँदे, बर्षे विदा, अतिरिक्त क्रियाकलाप हुंदै आएको छ । शैक्षिक क्यालेण्डरले शिक्षण सिकाई र अतिरिक्त क्रियाकलापमा परिवर्तन ल्याएको छ ।
    यो पनि पढ्नुहोस

    लफ्याङको पाँच विद्धालयको शिक्षामा क्रमिक सुधार

    तस्विर : कार्यक्रममा सहभागी अतिथिहरु, २०७५ भदौ १५ गते साँझ ७ : १६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology