• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मारवलले किच्दा एक पुरुष गम्भीर घाईते

मारवलले किच्दा एक पुरुष गम्भीर घाईते

बिम्स्टेक चौंथो शिखर सम्मेलनले अस्पताल लान ढिला


चिसाङ शेर्पा
  • बुधबार, भाद्र १३ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा मारवलले किच्दा एक पुरुष गम्भीर घाईते भएका छन् । आफ्नो घरमा लगाउनका लागि ट्रकबाट आएको मारवल अनलोड गर्ने क्रममा एक्कासी किच्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थानिय रुद्रकुमार श्रेष्ठ घाईते भएका हुन् ।

     

    जिल्ला अस्पताल चोक नजिक निर्माण भएको आरसिसी घरका लागि आएको करीव एक सय २० टनको मारवलले कम्मरमुनीको भाग किचेको उनका छोरी कृष्टिना श्रेष्ठले जानकारी दिईन् । घाईते भएका उनलाई आजै हेलिकोप्टर चार्टड गरी उपचार गर्न काठमाण्डौ लगिएको छ ।

     

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौंथो शिखर सम्मेलनका क्रममा भिभिआईपी आउने क्रममा विमानस्थल स्रोतले हवाई यातायात सेवा समेत बन्द गरिदिंदा दिक्तेलमा हेलिकोप्टर आउनु र काठमाण्डौमा अवतरण गराउनसमेत ढिलाई भएको परिवारले जनाएको छ ।
    २०७५ भदौ १३ गते साँझ ७ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology