• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा पहिलो पटक बेकरी उधोग

दिक्तेलमा पहिलो पटक बेकरी उधोग


चिसाङ शेर्पा
  • मंगलबार, भाद्र १२ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    ठूलो धनराशीमा दिक्तेल बजारमा सिध्दलक्ष्मी बेकरी एण्ड क्याफे सञ्चालनमा आएको छ । सिध्दलक्ष्मी कम्पनी प्रालिको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित नयाँ बैकचोकमा एक करोड चालिस लाखमा बेकरी क्याफे सञ्चालनमा आएको हो ।

     

    पुर्वाञ्चलको पहाडी क्षेत्रको पहिलो बेकरी उधोगमा हाल ब्रेड, डूनोट, वर्गर बन, क्रिम रोल, बथ्डे केक, मफिन पाम उत्पादन भईहेको छ । बेकरीमा सिद्मी ब्राण्ड, वेकरी ब्राण्ड र कूकिजका सम्पुर्ण आईटम उत्पादन हुने सिध्दलक्ष्मी बेकरी एण्ड क्याफेका प्रवन्ध संञ्चालक मनोज कुमार वजिमयले बताए । अत्याधुनिक मेशिन, दक्ष जनशक्ति रहेको उधोगलाई आवाश्यक कच्चा पदार्थ मैदा, चिनी काठमाण्डौ र तराईबाट आयात हुदै आएको छ ।

    बेकरीमा उत्पादन हुने खाध्य वस्तुहरु दिक्तेल बजार, नुनथला, हलेसी बजार, बुईपा बजारमा बिक्री हुने गरेको छ । पुर्वी पहाडी जिल्लामा विभिन्न चुनौतीहरु माझमा गएको भदौ २ गतेबाट विधिबत रुपमा सञ्चालनमा आएको बेकरीमा स्थापनादेखी हालसम्म १ करोड ४० लाख लगानी भएको छ । उधोगलाई अझै व्यवस्थित गर्न २० लाख रुपैयाँ आवाश्यक रहेको जनाइएको छ ।

     

    जिल्लामा बेकरी उधोग सञ्चालनमा आएपछि बाहिरबाट आउने झंकफूटजन्य खाध्यवस्तु आयतमा कमी, स्थानिय कच्चा पदार्थ खपत र स्थानिय युवा युवतीले रोजगारी पाएका छन् । उधोगले हाल २५ जनालाई माशिक तलबमा रोजगारी दिइरहेको छ । हाल बेकरीको एकवटा बिक्री केन्द्र रहको छ । निकट समयमा अन्य स्थानमा समेत बिक्री केन्द्र राख्दै जाने उधोगसँग योजना छ ।

     

    जिल्लामा बेकरी उधोग सञ्चालनमा आएपनि व्यापार गर्नका लागि राम्रो सडक र उधोग सञ्चालनका लागि बिधुतको समस्या हुने गरेको छ । बैकल्पिक रुपमा उर्जाका लागि जेनेरेटर राखिएको भएता पनि लामो समय बत्ती गएमा उधोगलाई घाटा हुने गरेको छ ।

    क्याप्सन : उधोगमा काम गर्दै कामदारहरु तस्विर ,चिसाङ शेर्पा, २०७५ भदौ १२ गते मध्यान्ह १२ : २६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology