समायोजन खबर भदौ/ १० रौतहट,
रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ ।
अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । डुंगा दुर्घटना हुने बेला करिब २६ जना रहेको अनुमान गरिएको थियो ।
डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी भइरहेको छ । अनलाइनखबर
२०७५ भदौ १० गते बिहान ९ : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology