• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली फिल्ममा सन्नी लियोनी

नेपाली फिल्ममा सन्नी लियोनी


समायोजन खबर
  • बिहिबार, भाद्र ७ २०७५

  • भदौ/ ७ काठमाडौं  समायोजन खबर,

    बलिउड चर्चित नायिका सन्नी लियोनीसँग नेपाली नायक अनुपविक्रम शाहीले चलचित्रमा काम गर्ने भएका छन् । ‘पासवर्ड’ नामको चलचित्रमा उनले सन्नीसँग छोटो दृश्यमा स्क्रिन सेयर गर्नेछन् । बुझिए अनुसार उनी लगभग १५ मिनेटको दृश्यमा सन्नीसँग देखिनेछन् । बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्ने चलचित्रका लागि सन्नीले महंगो पारिश्रमिक लिएको बुझिएको छ ।

     

    बलिउड र नेपाली फिल्मको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका अन्य कलाकार नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडालगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सम्राट बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा अनुप र सन्नीको भूमिका के हुनेछ भन्ने विषय खुलाइएको छैन । निर्माण टिमका अनुसार बलिउड र नेपाली सँस्कृतिलाई एकै ठाउँ जोड्नका लागि चलचित्र निर्माण गर्न लागिएको बताइएको छ ।

    २०७५ भदौ ७ गते साँझ ७ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology