नेपाली फिल्ममा सन्नी लियोनी

भदौ/ ७ काठमाडौं समायोजन खबर,
बलिउड चर्चित नायिका सन्नी लियोनीसँग नेपाली नायक अनुपविक्रम शाहीले चलचित्रमा काम गर्ने भएका छन् । ‘पासवर्ड’ नामको चलचित्रमा उनले सन्नीसँग छोटो दृश्यमा स्क्रिन सेयर गर्नेछन् । बुझिए अनुसार उनी लगभग १५ मिनेटको दृश्यमा सन्नीसँग देखिनेछन् । बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्ने चलचित्रका लागि सन्नीले महंगो पारिश्रमिक लिएको बुझिएको छ ।
बलिउड र नेपाली फिल्मको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका अन्य कलाकार नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडालगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सम्राट बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा अनुप र सन्नीको भूमिका के हुनेछ भन्ने विषय खुलाइएको छैन । निर्माण टिमका अनुसार बलिउड र नेपाली सँस्कृतिलाई एकै ठाउँ जोड्नका लागि चलचित्र निर्माण गर्न लागिएको बताइएको छ ।
२०७५ भदौ ७ गते साँझ ७ :५० मा प्रकाशित