• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चलचित्र ‘ब्लयाक एयर’ को शुभमुर्हत

चलचित्र ‘ब्लयाक एयर’ को शुभमुर्हत


समायोजन खबर
  • बिहिबार, भाद्र ७ २०७५

  • भदौ/ ७ काठमाडौं समायोजनख खबर.

    योगेन्द्र पनेरु निर्माता रहेको चलचित्र ‘ब्ल्याक एयर’ को आज एक विशेष समारोहका बीच शुभमुर्हत गरिएको छ । बिहीबार काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा नेपाली चलचित्रका विभिन्न कलाकारहरुको उपस्थितिमा उक्त चलचित्रको शुभमर्हत गरिएको चलचित्रका निर्माता पनेरुले जानकारी दिएका छन् ।

     

    चलचित्र विकास बोर्डका सदस्य रहेका उत्तम केसीको प्रमुख आतिथ्यतामा चलचित्रको शुभमुर्हत गरिएको थियो । चलचित्रको यही भदौ १० गतेदेखि छायाँकन गरिने भएको छ । चलचित्रमा सुरेन्द्र बुढाथोकी, ओकेश पनेरु, अनुपा खड्का, देव सागर, रश्मी शाह, पवन भट्टराई लगायतको मुख्य भूमिका रहेको छ । भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिबारे केन्द्रित रहेर चलचित्रको कथा लेखिएको छ ।

     

    उक्त चलचित्र काठमाडौं र ललितपुरमा छायाँकन हुने पनि निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रलाई लक्षु गौतमले निर्देशन गर्ने छिन भने क्यामेरामा रामेश्वर हुमागाँई रहेका छन् । फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुने उक्त चलचित्र भुकम्प गएको दिन पारेर आउने २०७६ बैशाख १२ गते प्रर्दशनमा ल्याउनेपनि निर्माण पक्षले अग्रिम जानकारी गराएको छ ।
    तस्विर, शुभमर्हतमा कलाकारहरु तस्विर, समायोजनख खबर, २०७५ भदौ ७ गते साँझ ७ : ४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology