• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाँच वडाले गरे सार्वजनिक सुनुवाई

पाँच वडाले गरे सार्वजनिक सुनुवाई

खार्पामा बाँकी


चिसाङ शेर्पा
  • बुधबार, भाद्र ६ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    रावाबेंशी गाउँपालिकाले पाँच वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सकेको छ । वडामा सञ्चालन भएका सानाठूला योजनामा लगानी भएको बजेटलाई पारदर्शि बनाउन वडाहरुले सार्वजनिक सुनुवाई सकेका हुन् । गाउँपालिकाको कुभिण्डे, लामिडाँडा, डुम्रे धारापानी, दुवेकोल, हौंचुर वडाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । निरौलाका अनुसार खार्पामा सार्वजनिक सुनुवाई गर्न बाँकी रहेको छ ।

     

    गएको आर्थिक वर्षमा गाउँपालिकाले दुई पटक र वडाहरुले एक/एक पटक सार्वजनिक सुनुवाई गरेका छन् । गाउँपालिकाले ५० हजार तथा वडाहरुले ३०/३० हजार खर्च छुट्याएर सार्वजनिक सुनुवाई गर्ने गरेका छन् । वडामा गठन भएको उपभोक्ता समितिले सञ्चालित योजनामा कती बजेट आयो, कुन–कुन शिर्षकमा कती–कती खर्च भयो भन्ने सार्वजनिक सरोकारका जिज्ञासालाई मेटाउन स्थानियवासी, गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थितीमा सार्वजनिक सुनुवाई हुंदै आएको छ ।

     

    यसैविच, रावाबेंशी गाउँपालिकामा उपभोक्ता समिति गठनको काम अन्तिम चरणमा पुगेको छ । गत साउन १० देखी आगामी भदौ १० गतेसम्म उपभोक्ता समिति गठन गर्नका लागि तोकिएको समयमा धेरैजसो उपभोक्ता समिति गठनको काम सकिएको छ । गाउँपालिकाले भदौ १० देखी १५ गतेसम्म गठित उपभोक्ता समितिलाई समितिको काम कर्तब्य र अधिकारको विषयमा पाँच दिने तालिम दिने भएका छन् । तालिम पश्चात भदौ १५ गतेबाट सम्झौताको काम सुरुवात हुने गाउँपालिकाले जनाएको छ ।

    २०७५ भदौ ६ गते साँझ ६ : ४० मा प्रकाशित

    यो पनि पढ्नुहोस

    रावाबेशी गाउँपालिकामा डिजिटल बोर्ड

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology