समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका लोक गायक धर्मराज पोखरेलको ५ वटा गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका लोक गायक पोखरेलको पुरानो तथा नयाँ लोक दोहोरी गीतको भिडियो छायांकन एकैसाथ गरिएको हो । ‘जयराम घाटैमा’, ‘खोटाङ दिक्तेल बजारको’, ‘शंका लागे गाउँघरमा सोध्न पाईन्छ’, ‘हरहर महादेब’ र ‘आउन पाइन माइतीको आँगन’ बोलको गीतको छायांकन शनिबार सकिएको लोक गायक पोखरेलले बताए ।
छायांकन गरिएको म्यूजिक भिडियोमा अनिल राना, सुजन सुर्खेती, निशा कार्की लगायतको अभिनय रहेको छ सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सिन्धुली लगायतका ठाउँमा म्यूजिक भिडियो छायांकन गरिएको थियो । लोक गायक पोखरेलको निर्देशन रहेको भिडियोमा स्वयं पोखरेलकै अभिनय देख्न सकिने छ । केही गीतको दृश्य दिक्तेलको स्थानिय हेलीप्याड, मुढे, मझुवागढी लगायतका ठाउँबाट खिचिएकोे छ । ‘हरहर महादेब’ बाहेक अन्य गीत लोक दोहोरी गीत हुन् । ‘आउन पाइन माइतीको आँगन’ बोलको गीत तीजलाई लक्ष्यीत गरी तयार पारिएको गायक पोखरेलले बताए ।
२०४८ सालमा रेडियो नेपालको चौतारीमा गाउँदै सांगीतिक यात्रामा लागेका पोखरेलका ‘उँडी जाने जेट, शिर–शिर वतास, पुर्व धरान, पश्चिम पोखरा लगायतका १९ वटा गीत बजारमा आइसकेका छन् । पेशाले ईन्जिनियर पोखरेल राजनितीकर्मी पनि हुन् । केही समयअघि युट्युबमा राखिएको ‘लाखौं हजारमा’ बोलको लोकदोहोरी गीतको म्यूजिक भिडियोको भ्यूअरले उत्साहित बनाएको पोखरेलले बताए ।
केही समयअघि आफ्नो गीतको सुटिङका क्रममा दिक्तेल आएका लोकगायक पोखरेलले जिल्लाको दुइ सामुदायिक रेडियोलाई एक/एक थान ल्यापटप र रेर्कडर निशुल्क दिनुभएको थियो । स्थानिय सञ्चार माध्यमको प्रर्बद्धन र प्रोत्साहनका लागि उहाँले उक्त विधुतीय उपकरण रेडियोलाई दिनुभएको हो ।
क्याप्सन : दिक्तेलको हेलीप्याडमा म्यूजिक भिडियो सुटिङकाक्रममा नृत्य गर्दै कलाकार । तस्बिर : चिसाङ शेर्पा २०७५ साउन २७ गते राती ८ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology