• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बृहत तीज महोत्सव हुने

खोटाङमा बृहत तीज महोत्सव हुने


चिसाङ शेर्पा
  • आइतबार, साउन २७ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा बृहत तीज महोत्सव हुने भएको छ । बिगतदेखी निकै प्रचलनमा रहेको तीज पर्वलाई निरन्तरता तथा लोक संस्कारहरुको संरक्षण, संर्बद्धन गर्ने उद्देश्यले विविध कार्यक्रम सहित तीज महोत्सव हुन लागेको हो ।

     

    बहुआयमिक संरक्षण समाज दिक्तेलले गत बर्षदेखी गर्दै आएको तीज महोत्सव अन्तरगत यसवर्ष पनि आगामी भदौ २५ गतेदेखी हरितालिका तीजको दिन २७ गतेसम्म नेपाली महिलाहरुको महान चाड हरीतालिका तीज महोत्सव गरिने भएको आइतबार दिक्तेलस्थित सगरमाथा होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।

     

    जिल्लाभरीका महिलाहरुलाई समाबेश गराउने उद्देश्यले भदौ २५ गतेबाट सुरुवात हुने तिज महोत्सवमा समुदायमा प्रचलित संस्कार र संस्कृतिक भाव झल्कने लोक दोहोरी प्रतियोगिता, संगिनि नाच, मारुनि नाच, पञ्चैबाजा कुसुले नाँच र धुपिधुपि नाच प्रर्दशनी हुने भएको छ ।

     

    ‘खोटाङ जिल्ला दिक्तेल बजार संस्कृतिलाई जोगाउ हजुर’ बोलमा लोकदोहोरी प्रतियोगिता हुनेछ । लोकदोहोरी प्रतियोगितमा प्रथम हुने समुहले १० हजार, दोश्रोले ६ हजार र तेश्रो हुने समुहले ३ हजार रुपैयाँ तथा संगिनि नाच, मारुनि नाच प्रर्दशनीमा सहभागीहरुलाई भने प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरिने बहुआयमिक संरक्षण समाजका अध्यक्ष अनिल आचार्यले बताए ।
    क्याप्सन : पत्रकार सम्मेलनमा बहुआयमिक संरक्षण समाजका पदाधिकारी तथा सरोकारवलाहरु, तस्विर चिसाङ शेर्पा, २०७५ साउन २७ गते राती ८ : ०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology