चिसाङ शेर्पा खोटाङ,
२०७४ सालमा सञ्चालन भएको एसईईको पुरक परिक्षा खोटाङ शान्तमय तरवरमा सञ्चालन भईरहेको छ । जिल्लामा तोकिएको तीन परिक्षा केन्द्रमा परीक्षा शान्तमय ढंगले चलिरहेको हो । बिहान ८ बजेदेखी सुरुवात भएको परिक्षामा हालसम्म कुनै प्राविधिक त्रृटि, नक्कली परिक्षार्थीहरु नभेटिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ठाकुर दाहालले जानकारी दिनुभयो । खोटाङमा २ हजार ८९ जनाले एसईई परिक्षा दिइरहेको छ । बिहान ८ बजेबाट सुरु भएको परिक्षा अहिले ११ बजे सकिनेछ ।
एसईई परिक्षाका लागि माउण्ट एभेरष्ट बोर्डिङ स्कुल, सरस्वती उच्च मावि र पञ्च मावि केन्द्र निर्धारण गरिएको छ । आगामी भदौ २ गतेसम्म सञ्चालन हुने परिक्षामा अंग्रेजीमा ८ सय ९७, नेपालीमा ४ सय ८६, गणितमा १ हजार ७ सय ५८, विज्ञानमा ६ सय ३६, सामाजिकमा ३ सय ३२, जनसंख्यामा १ सय २८, अर्थशास्त्रमा ३ सय ८९, ऐच्छिक गणितमा ४२, ऐच्छिक शिक्षामा ६४, कम्प्युटरमा ३, कार्यालय संञ्चलान तथा लेखामा ३ र प्राविधिकतर्फ २६ जनाले एसईई परिक्षा दिदैछन् ।
एक्जामटेडतर्फ अनिवार्य अंग्रेजीमा ७५, नेपाली ५५, गणित ९९, विज्ञान ५०, सामाजिक ४१, कम्प्युटर १, जनसंख्या ४, अर्थशास्त्र १४ र शिक्षामा ३ जना रहेका छन् । सि ग्रेड वा त्योभन्दा तल्लो ग्रेड ल्याउनेले पुरक परिक्षा दिदैछन् ।
२०७५ साउन २३ बिहान ९ : १४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology