• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरिया जाने कामदारको हवाइ भाडा १३ हजार घट्यो

कोरिया जाने कामदारको हवाइ भाडा १३ हजार घट्यो


समायोजन खबर
  • सोमबार, साउन २१ २०७५

  • समायोजन खबर खोटाङ,

    रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको छ । आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।

     

    नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाइ भाडा वापत ५ सय ३० अमेरिकन डरलर तिर्दै आएका थिए । अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ । सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडा वापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए । २०७३ पुसदेखि भने कामदारले ५ सय २९ दशमलव ७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए ।

     

    उक्त प्रणालीबाट करिब ८ हजारको संख्यामा कोरिया रोजगारीका लागि नेपाली कामदार जाने गरेका छन् । हवाई भाडा घटेसँगै कामदारको वार्षिक १० करोड रुपैयाँ बचत हुने देखिएको छ ।अनलाइनखबर

    २०७५ साउन २१ गते साँझ ५ : २८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology