• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लफ्याङमा ‘सिकाई पुस्तकालय’

लफ्याङमा ‘सिकाई पुस्तकालय’


चिसाङ शेर्पा
  • शुक्रबार, साउन १८ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘सिकाई पुस्तकालय’ सुरु भएको छ । लफ्याङका विधार्थीहरुका लागि धेरै भन्दा धेरै पुस्तक पढ्ने वातावरण सिर्जना गराउन पुस्तकालयको सुरुवात गरिएको हो ।

     

    शिक्षा मन्त्रालय, विद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको सहयोगमा लफ्याङस्थित श्रीमावि वासवोटेमा शुक्रबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र वडाध्यक्ष निर्मल राईले संयुक्तरुपमा सिकाइ पुस्तकालयको उद्घाटन गरेका छन् ।

     

    पुस्तकालयमा धेरै किसिमका पुस्तक पढ्न पाईने र निकट समयमा विधुतीय पुस्तकालय बनाउने उद्देश्य रहेको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । वडा शिक्षा समिति लफ्याङले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसार प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशनका दिन पारेर पुस्तकालयको उद्घाटन गरिएका हो ।
    क्याप्सन : सिकाइ पुस्तकालय उद्घाटन गर्नुहुंदै अतिथिहरु तस्विर, निर्मल राईको फेसवुक, २०७५ साउन १८ गते साँझ ७ : ३० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology