चिसाङ शेर्पा खोटाङ,
वडा शिक्षा समिति लफ्याङले प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये शिक्षामा नमुना वडा बनाउने उद्देश्यले गठित वडा शिक्षा समितिले एकसाथ एकैदिन पाँचवटा विद्धालयको प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गरेको हो ।
वडा शिक्षा समितिले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसार वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा नतिजा प्रकाशन र उत्तर पुस्तिका फाइलिङ गरी अभिभावकलाई एकै समयमा हस्तान्तरण गरिएको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिनुभयो ।
लफ्याङमा यस शैक्षिकसत्रबाट शैक्षिक क्यालेण्डर बितरण गरेर पाँचै विद्धालयले शैक्षिक क्यालेण्डर अनुरुप विद्धालयमा दैनिक कामकाज गर्दै आएको छ । वडाभित्र रहेको विद्धालयलाई थप प्रभावकारी र सिर्जनशील बनाएर अभिभावक तथा विधार्थीलाई शिक्षामा प्रोत्साहन गराएकोमा अभिभावक हर्षित भएका छन् ।
भदौ १ गते करेसाबारी निर्माण, असोज ११ गते आन्तरिक शैक्षिक भ्रमण, असोज १८ गते वडामा उपलव्ध जडिबुटी संकलन र प्रवद्र्धन, मंसिर ६ गते सञ्चारका विषयमा शिक्षण, मंसिर २२ गते कृषि उपज बिक्री कार्यक्रम, पुस ४ गतेदेखि १३ गतेसम्म दोश्रो त्रैमासिक परिक्षा, माघ ११ गते चित्रकला र अन्तर बिद्धालय हस्तलेखन, फागुन १७ गते ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव आदान प्रदान ।
यसैगरी, वर्षको अन्तिम चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार वितरण लगायतका कार्ययोजना तयार पारेर कार्यान्वयन भईरहेको वडा शिक्षा समिति संयोजक राईले बताए ।
२०७५ साउन १८ गते साँझ ६ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology