• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वर्तमान सरकारको खोटाङ कांग्रेसद्धारा बिरोध (६ तस्विर)

वर्तमान सरकारको खोटाङ कांग्रेसद्धारा बिरोध (६ तस्विर)

वर्तमान सरकार जनतामयी नभई कार्यकर्ता नजिक भएको ठम्याई


चिसाङ शेर्पा
  • मंगलबार, साउन १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    देशव्यापी कार्यक्रम अन्तरगत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस खोटाङले दिक्तेलमा सरकारको विरोध गरेको छ । नेपाली कांग्रेस खोटाङ, त्यसका भातृ संगठन तरुण दल, नेविसंघ लगायतले वर्तमान सरकारको अधिनायकबादी चरित्रको विरोध जुलुस निकालेर विरोध गरेको हो ।
    वर्तमान सरकारले नेपालको संविधानको मर्मलाई लत्याउदै अराजकतालाई प्रोत्साहन दिन खोजेकोे, न्यायलयमाथि दुरासय पुर्ण गतिविधि गरेको, बढ्दो महंगी, भ्रष्ट्रचार तथा सरकारकै छत्रछात्रामा भईरहेको व्यापक अनियमितता नियन्त्रणका लागि वर्तमान सरकार विरुद्ध कडा बिरोधमा उत्रिएको नेपाली कांग्रेस खोटाङले जनाएको छ ।


    सरकारले मुलुकको लोकतान्त्रिक पद्धती मुल्य मान्यतालाई कमजोर बनाउने दुसप्रयास गरेका र संघियतालाई कमजोर बनाएर केद्रिय शासनलाई अंगाल्न खोज्ने सरकारको नाटकीय चरीत्रलाई ढाल्नका निम्ति वर्तमान सरकारबिरुद्ध विरोध कार्यक्रम गरिएको खोटाङ कांग्रेसको भनाई छ । खोटाङ कांग्रेसले सदरमुकामस्थित आफ्नो पार्टी कार्यालय विपी स्मृती भवनबाट सरकार विरुद्ध चर्को नारावाजी गर्दै बिरोध जुलुस निकालेर दिक्तेल बजार परिक्रमा गरेको थियो ।


    विपी स्मृती भवनबाट सरकार विरुद्ध चर्को नाराबाजीमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताले भवनगैरा–हाटडाडाँ, हाटडाडाँ–रत्नपार्कसम्म विरोध जुलुस निकालेको थियो । विचविचमा कांग्रेसका नेताहरुले बिरोध जुलुसलाई सम्बोधन गर्नु भएको थियो । हाँटडाडाँस्थि कांग्रेसका जिल्ला उपसभापती नवराज केसी, त्रिबेणीचोकमा कांग्रेस महासमिति सदस्य जितेन्द्र सिं ठकुरी, रवि प्रकास राई, सुवास कुमार पोखरेलले सम्बोधन गर्नुभएको थियो ।


    बिरोध जुलुसलाई दिक्तेल रत्नपार्कमा कोणसभामा परिणत गरी नेपाली कांग्रेसका महासमिति सदस्यद्धय दिनेश राई, विष्णु कुमार राई र नेपाली कांग्रेसका जिल्ला सभापती नरेश कुमार श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा नेताहरुले वर्तमान सरकार जनतामयी नभई कार्यकर्ता नजिक भएको बताएका थिए । सरकारजस्तो पदमा रहेर जनतासँग सरकारकै ब्यबहार देखाउन र संविधान अनुरुप काम गर्न कोण सभाबाट सरकारलाई सुझाव दिएका थिए ।


    क्याप्सन : दिक्तेलमा विरोध जुलुस गर्दै कांग्रेसका नेता तथा कार्यकर्ता, तस्विर, चिसाङ शेर्पा, २०७५ साउन १५ गते साँझ ६ : ५० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology