• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तेह्र दिनदेखि दुइ वालिका बेखबर

तेह्र दिनदेखि दुइ वालिका बेखबर


चिसाङ शेर्पा
  • शनिबार, साउन १२ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    बिगत १३ दिनदेखि खोटाङमा दुइ वालिका हराईरहेका छन् । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्षीय सपना तामाङ हराईरहेकी हुन ।  गएको असार ३२ गते सोमबार खाना खाएर सुतेका दुइ वालिका उज्यालो हुँदा घरमा नभएको र अहिलेसम्म पनि सम्पर्कमा नआएको परिवारका एक सदस्य जानकारी दिए ।

     

    कक्षा तीनमा अध्ययनरत अनिता र कक्षा पाँचमा अध्ययनरत सपना वेपत्ता भएसंगै हालसम्म खोजीकार्य गरेको भएपनि कतै फेला पार्न नसकिएको सपनाकी दिदि सविना तामाङले जानकारी दिईन् । “आफन्त, नरनाता सवै ठाउँमा खोजि गरिसक्यौं, कतै फेला परेनन्, कहाँ गए भन्नेनै यत्तिका समय वितिसक्दा पनि पक्ता लगाउँन सकिएन ।” सविनाले भन्नुभयो ।

     

    अनिता र सपना हराएदेखी नै सवैतिर खोजी गर्ने कार्य भईरहेको भएपनि हालसम्म उनिहरु सम्पर्कमा नआउँदा परिवारमा रुवावासी भएको छ । वालिकाको खोजी कार्यका लागि उदयपूर जिल्लाको गाईघाट प्रहरीलाई जानकारी गराई सकिएको र जिल्ला प्रहरी कार्यालय खोटाङमा तत्काल जानकारी गराईने सविनाले जानकारी दिनुभयो ।
    २०७५ साउन १२ गते बिहान १० : ५० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology