• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ कांग्रेस : दश स्थानिय तहमा विपी जयन्ती मनाउने तयारीमा

खोटाङ कांग्रेस : दश स्थानिय तहमा विपी जयन्ती मनाउने तयारीमा


चिसाङ शेर्पा
  • मंगलबार, साउन ८ २०७५

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दश स्थानिय तहमा विपी जयन्ती मनाउने भएको छ । नेपाली कांग्रेसको जिल्ला कार्य सम्पादन समितिको बैठकले दुइ नगरपालिका र आठ गाउँपालिकाको केन्द्र /केन्द्रमा विपी जयन्ती मनाउने भएको हो ।

     

    खोटाङ कांग्रेसको सोमबार बसेको बैठकले भदौ २४ गते विपी जयन्ती मनाउन पुर्व तयारीका निम्ति जिल्लाबाट प्रत्येक केन्द्रमा बढीमा ३ जना प्रतिनिधि खटाउने निर्णय गरेको नेपाली कांग्रेसका पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । सचिव जोशीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पुर्व जिल्ला विकास समिति सभापती तथा महासमिति सदस्य विष्णुकुमार राई, हलेसी तुवाचुङ नगरपालिकामा खोटाङ कांग्रेसका जिल्ला सभापती नरेश कुमार श्रेष्ठ, केपीलासगढी गाउँपालिकामा पुर्व राज्यमन्त्री सर्वधन राई, ऐसेलुखर्क गाउँपालिकामा महासमिति सदस्य रवि प्रकाश राई, रावाबेंशी गाउँपालिकामा महासमिति सदस्य दिनेश राई, साकेला गाउँपालिकामा पार्टी सचिव ज्ञानेन्द्र जोशीलाई प्रतिनिधि खटाउने बैठकले निर्णय गरेको छ । साकेला गाउँपालिका प्रतिनिधि जोशीसँगै कांग्रेस नेताद्धय सुमनबाबु आचार्य, प्रकाश श्रेष्ठ विपी जयन्ती पुर्व तयारीका लागि खट्ने भएका छन् ।

     

    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेपाली कांग्रेसका महासमिति सदस्य सुवास कुमार पोखरेल, खोटेहाङ गाउँपालिकामा क्षेत्र नं. २ का क्षेत्रिय सभापति तीर्थराज भट्टराई, जन्नतेढुंगा गाउँपालिकामा महासमिति सदस्य केशवराज कार्की र बराहपोखरी गाउँपालिकामा जिल्ला सचिव ईच्छुराम रानालाई प्रतिनिधि छनोट गरिएको खोटाङ कांग्रेसले जनाएको छ । यसैविच, बैठकले जिल्ला कार्य समिति समेत पुर्नगठन गरेको छ । बैठकले सुमनबाबु आचार्य र शरण कुमार राईलाई जिल्ला सदस्यमा चयन गरेको छ ।
    २०७५ साउन ८ गते बिहान ७ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology