चिसाङ शेर्पा खोटाङ,
दिक्तेलबाट काठमाण्डौ हिंडेको यात्रुबहाक बस दुर्घट्नामा दुई जना गम्भिर घाईते भएका छन् । बिहीबार बिहान दिक्तेलबाट छुटेको बा ३ ख २५४० नम्बरको बस सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–३ झाँगाझोली रातामाटामा ना ४ च ५२५३ नं.को बलेरो जीपसँग ठोकिएर दुर्घट्ना भएको हो ।
दिउँसो साढे एकबजे भएको दुर्घट्नामा सिन्धुली फिक्कल गाउँपालिका–४ खाङसाङका २८ बर्षीय उज्ज्वल बराल र गोलञ्जोर गाउँपालिका–४ तीनकन्याका २१ बर्षीय पवन ठकुरी रहेका छन् । बलेरो चालक सहित अन्य ५ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
घाईते मध्ये सहचालक उज्ज्वलको अवस्था चिन्ताजनक छ । उहाँलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको छ । उनको हात काटेर फाल्नुपर्ने अवस्था रहेको सुनकोशी सगरमाथा यातायात प्रालिका कोटेश्वर काउण्टर ईन्चार्ज एकराज निरौलाले जानकारी दिनुभयो । पवनको सिन्धुली रातामाटामै उपचार भईरहेको छ । सुनकोशी सगरमाथा यातायात प्रालिको उक्त बस रातामाटास्थित घुम्तीमा काठमाण्डौबाट सिन्धुली आउदै गरेको बलेरो जीपलाई साईड दिने क्रममा ब्रेक नलाग्दा बस अनियन्त्रित भएको घाईते यात्रु खोटाङ दिपु्रङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका मणि राईले बताए ।
२०७५ साउन ३ गते साँझ ७ : १५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology