चिसाङ शेर्पा खोटाङ,
खोटाङकी प्रबृत्ति राई ओखलढुंगामा सम्पन्न भिजन आईडल दोश्रो सिजनको पहिलो रनरअप भएकी छन् । भिजन नेपाल ओखलढुंगाको आयोजनामा भएको प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेकी प्रबृत्ति उत्कृष्ट प्रर्फमेन्स प्रस्तुत गरेर प्रतियोगिताको पहिलो रनरअप भएकी हुन् । बुधबार ओखलढुंगाको सदरमुकामस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा सकिएको अन्तिम अडिसनमा पहिलो रनरअप भएसँगै प्रबृत्तिले नगद १५ हजारका साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी छन् ।
प्रबृत्तिलाई भोटद्धारा जिताउन खोटाङमा साईनो कलाकेन्द्रले ४० हजार आर्थिक सहयोग संकलन गरेको थियो । गायीका बनाउने आमाबाबुको सपना पूरा गर्नका लागि प्रबृत्ति सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छन् । तर, परिवारको सपना पूरा नहुँदै क्यान्सरले आमाको मृत्यु भएपछि विचल्नीमा परेकी प्रबृत्तिलाई साईनो कलाकेन्द्रले निशुल्क संगीत अध्ययन गर्ने अवशर दिइरहेको साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । क्यान्सर लागेकी आमाको उपचार असफल भएपछि र परिवार ऋणमा परेर निरास बनेकी प्रबृत्तिलाई साईनो कला केन्द्रले दिक्तेल ल्याएर संगीत सिक्ने अवशर दिएको हो अध्यक्ष श्रेष्ठले भने, ‘हाल दिक्तेल बसिरहेकी प्रबृत्ति बालसेवा समाज नेपालको पुस्तकालयमा काम गर्दै साईनो कला केन्द्रमा संगीत अध्ययन गरिरहेकी छन् ।’
गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान गर्दै प्रोत्साहन गर्नका लागि भिजन नेपालले गत वर्षदेखि गर्दै आएको भिजन आईडल दोश्रो सिजनमा मानेभन्ज्याङ गाउँपालिका ओखलढुंगाका मनोज कुमार राई प्रतियोगिताका बिजेता भएका छन् । भिजन आईडलका बिजेताले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाएका छन् । सुनकोशी गाउँपालिका ओखलढुंगाकै सरीता तामाङ दोश्रो रनरअप भएकी छन् । उनले नगद १० हजारको साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी छन् ।
प्रतियोगिताका बिजयीहरुलाई ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । भिजन नेपालको वार्षिक उत्सवको अवसरमा साउन २ गते एकल गायन र भिजन एफएमको वार्षिक उत्सवको अवशरमा फाल्गुण २ गते एकल नृत्य प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
क्याप्सन : भिजन आईडल दोश्रो सिजनका पहिलो रनरअप प्रबृत्तिलाई पुरस्कार वितरण गर्नुहुंदै अतिथिहरु, तस्विर। समायोजन खबर, २०७५ साउन ३ गते बिहान ९ : १० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology