• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सितोरियो कराते संघ खोटाङ सम्मानित

सितोरियो कराते संघ खोटाङ सम्मानित

स्वर्ण, रजत, कास्यमा कती/कती ल्याएका थिए पढ्नुहोस


चिसाङ शेर्पा
  • आइतबार, असार ३१ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    नेपाल सितोरियो कराते संघ खोटाङ सम्मानित भएको छ । गत जेठ ३०, ३१ र असार १ गते तेह्रथुममा ‘प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता’मा हलेसी तुवाचुङ नगरपालिकाको तर्फबाट प्रथम स्थान हाँसिल गरेकोमा सितोरियो कराते संघ सम्मानित भएको हो ।

     

    खेलकुदका माध्यमबाट आफ्नो नगरपालिकाको नाम उचो बनाएकोमा शुक्रबार हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईलाई कराते खेलको उच्च प्रगतीको कामना सहित प्रमाणपत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको थियो ।

     

    सो नगरपालिकाको प्रतिनिधित्व गरेर प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ ९ स्वर्ण ५ रजत १ कास्य लिएर प्रथम भएको थियो । जिल्लामा सरकारबाट नै तलब खर्च खाँदै आएका प्रशिक्षक तथा खेलकुदका संस्थाहरु सुनसान हुंदा कराते खेलले भने फड्को मार्दै आएको छ ।

     

    छथर गाउँपालिकाको आयोजनामा तेह्रथुमको शुक्रबारेमा सम्पन्न तीन दिबसीय प्रतियोगितामा ४ स्वर्ण १ रजत, २ कास्य लिदै मकवानपुर दोश्रो र ३ स्वर्ण २ रजत ३ कास्य लिएर आयोजक छथर गाउँपालिका तेश्रो भएको थियो ।

    स्वर्ण, रजत, कास्यमा कती/कती ल्याएका थिए पढ्नुहोस
    महिला कुमिते स्वर्ण पदक
    ५५ केजी तौल समुहमा विद्याकला राई
    ६१ केजी तौल समुहमा जस्मिना राई
    ६८ प्लस केजी तौल समुहमा मिसडोना राई
    पुरुष कुमिते स्वर्ण पदक
    ६० केजी तौल समुहमा सन्तोष राई
    ६७ केजी तौल समुहमा रुरिहाङ्ग दुमि राई
    महिला एकलकाता स्वर्ण पदक
    रोश्मा राई
    पुरुष एकलकातामा
    मोतिचन्द्र राई
    महिला टिम कातामा
    जस्मिना राई, बिद्याकला राई, रोश्मा राई
    पुरुष टिम कातामा
    अर्जुन श्रेष्ठ, रुरिहाङ्ग दुमि राई र मोतिचन्द्र राई
    महिला कुमिते रजत पदक
    ४० केती तौल समुहमा डुनु राई
    ४५ केजी तौल समुहमा नन्जु राई
    ८६ प्लस केजी तौल समुहमा सोना राई
    ५५ केजी तौल समुहमा अर्जुन श्रेष्ठ
    ७५ केजी तौल समुहमा सुजन राई
    महिला कुमिते कास्य पदक
    ५० केजी तौल समुहमा युनिका राई

    क्याप्सन : नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईलाई सम्मान गर्नुहुंदै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, तस्विर चिसाङ शेर्पा, २०७५ असार ३१ गते दिउँसो : ४५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology