• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रावाबेँसी गाउँपालिकाका केही स्थान अर्कै स्थानीय तहमा गाभ्न माग

रावाबेँसी गाउँपालिकाका केही स्थान अर्कै स्थानीय तहमा गाभ्न माग

लामिडाडाँबासीको पिडा उस्तै


समायोजन खबर
  • शुक्रबार, असार २९ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    खोटाङको रावाबेँसी गाउँपालिकाका केही गाउँका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा समावेश गर्न माग गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको वर्षदिनपछि रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपेनी, दम्कुडाँडा र रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरी, चापखर्क, फलाटे र पैयाँका स्थानीयले छिमेकी नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीमा समावेशका लागि माग गरेका हुन् ।

     

    रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा रहेको केन्द्र भौगोलिकरुपमा टाढा र अपायक स्थानमा कायम भएकाले स्थानीयले दिक्तेल रुपाकोट मझुवागढीमा समावेशको माग उठाएका स्थानीय मोहन गुरुङले बताउनुभयो ।

     

    आफ्नो गाउँपालिकाको केन्द्रबाट जन्मदर्ता, बिवाह दर्ता, मृत्यु दर्ता, भूमीकर, शिक्षा, स्वास्थ्य सम्बन्धी सेवा लिन भौगोलिक दुरीका कारण कठिनाई भएको स्थानीयको गुनासो छ । हरम्टार पुग्न तीन÷चार घण्टा लाग्ने गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल पुग्नका लागि आधा घण्टामा मात्र लाग्ने भएको भन्दै स्थानीयले आफ्नो गाउँपालिका प्रमुख समक्ष सहयोग गर्नका लागि लिखित माग राखेका छन् ।
    यसैगरी,
    रावाबेंशी गाउँपालिका–३ लामिडाडाँका अधिकांश स्थानियलाइ पनि भौगोलिक रुपमा पालिका केन्द्र जानुको सट्टामा सदरमुकाम पुग्न छिटो र सहज हुने गरेको छ । लामिडाडाँकै तिर्पाबाट वडा कार्यालय पुग्न २ घण्टा लाग्ने वडाध्यक्ष विदुर कुमार खतिवडाले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले सिमानासँग जोडिएको लामिडाडाँको हात्तीटारदेखी हरमटार पुग्न साँढे ६ घण्टा बढी समय लाग्छ । त्यहाँका स्थानियहरु पालिका केन्द्र जानु भन्दा सदरमुकाम जान छिटो हुने बताउछन ।

     

    सल्लेको वारी लामिडाडाँको हात्तीटारमा मात्रै २५ बढी घर रहेको छ । उनीहरुलाई पालिकाको कार्यालय जान भन्दा सदरमुकाम पुग्न छिटो र सहज छ । गाउँपालिकाको कार्यालय टाढा हुंदा बिशेषगरी बृद्धबृद्धालाई सबैभन्दा बढी समस्या भएको स्थानियको दुखेसो छ । ५ सय ६४ घरधुरी तथा करीव ३ हजार बढी जनसंख्या भएको लामिडाडाँ बासीले पालिकाको कार्यालय अनुपर्युक्त स्थानमा भएको बताउँदै आएका छन् ।
    २०७५ असार २९ गते दिउँसो १२ : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology