• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरको अरुण गाउँपालिकाले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भोजपुरको अरुण गाउँपालिकाले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र


सरिता राई 
  • मंगलबार, असार २६ २०७५

  • सरिता राई भोजपुर,

    भोजपुरको अरुण गाउँपालिकाले प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश सरकारले गाउपालिकालाई बजेट विनियोजनमा विभेद गरेको भन्दै प्रदेश नं. एकका मुख्य मन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको हो ।

     

    अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीको नेत्रृत्व टोली सोमवार विराटनगर पुगेर ज्ञापनपत्र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको उपाध्यक्ष विनिता ढकालले जानकारी दिनुभयो । भोजपुरका नौ वटै स्थानिय तहलाई सम्मान रुपले हेरी वजेट विनियोजन गर्नुपर्ने यदि अन्य नगर र गाउँपालिका भन्दा अरुण गाउँपालिका सुगम छ भने सुगम गाउँपालिका भनेर घोषणा गर्नुपर्ने लगायतका माग कार्यपालिकाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

     

    यता प्रदेश नं. एकका मूख्य मन्त्री शेरधन राईले ज्ञापन पत्र बुझ्दै प्रदेशले वजेट विनियोजन गर्दा अरुण गाउँपालिकालाई वजेट विनियोजन नगर्नू कमजोरी रहेको स्वीकार गरेका छन् । मन्त्री राईले अन्य कार्यक्रम मार्फत वजेट विनियोजन गर्ने बताउनुभयो ।

    २०७५ असार २६ गते दिउँसो २ : १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology