मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा खटिएका मजदुर चढेको टिपर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ११ जना पुरुष रहेको प्रदेश ४ को प्रहरी कार्यलयका प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले जानकारी दिए ।
स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर सडकबाट खसेको हो ।दुर्घटनामा १५ जना घाइते भएको प्रदेश ४ प्रहरी कार्यलयले जनाएको छ । अहिले केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ ।
घाइतेहरुको उद्दारका लागि सोही ठाउँको स्थानीय प्रहरी चौकीका प्रहरीहरु खटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोली पनि घटनास्थल तर्फ लागेका छन् । त्यस्तै पोखराबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङका लागि उडिसकेको छ ।
@enayapatrika
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology