• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्री यादवको निर्देशनमा चिकित्सक टाेली पुग्याे जुम्ला, केसीको स्वास्थ्य परीक्षण गरिदैँ

स्वास्थ्य मन्त्री यादवको निर्देशनमा चिकित्सक टाेली पुग्याे जुम्ला, केसीको स्वास्थ्य परीक्षण गरिदैँ


समायोजन खबर
  • शुक्रबार, असार २२ २०७५

  • जुम्ला २२, असार । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट हिजेा दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ ।

    स्वास्थ्य परीक्षण गरेका डा. जीवन थापा र सुभाष रेग्मीले डा. केसीको स्वास्थ्य अत्तालिनुपर्ने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् । स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान आग्रह गरेका थिए । डा. केसीले भने, ‘तपाइँहरु मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो त्यसका लागि धन्यवाद ! मेरो हेरचाह र उपचार यहीँका मानिसले गर्छन् ।’

    डा. केसीले फिर्ता जान आग्रह गरेको कुरा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले त्यहीँ बसेर डा. केसीको स्वास्थ्यबारे निरन्तर निगरानी गर्न निर्देशन भएको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

    स्वास्थ्य मन्त्री यादवलाई उद्धृत गर्दै चौरसियाले भने, ‘ डा. केसीले फिर्ता हुन भनेपनि तपाइँहरु त्यही बसेर वहाँको स्वास्थ्य परीक्षणमा खटिनुस् । वहाँको स्वास्थ्य विग्रिन नदिने हाम्रो जिम्मेवारी र दायित्व हो ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology