• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारिता तालिम सकियो

पत्रकारिता तालिम सकियो

सहभागी भन्छन् ‘असल सञ्चारकर्मीको रुपमा उदाउछौ’


चिसाङ शेर्पा
  • बुधबार, असार ६ २०७५

  • चिसाङ शेर्पा असार/६ खोटाङ,
    पाँच दिने आधारभूत पत्रकारिता तालिम सकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले गत शनिबारदेखी दिक्तेलस्थित होटल शुभदिनमा सञ्चालित तालिम बुधबार समापन भएको हो ।

     

    नगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ शाखा कार्यालय खोटाङको आयोजनामा सम्पन्न पाँच दिने आधारभूत पत्रकारिता तालिममा नगरपालिकाभित्रका १५ वडामध्ये नुनथला, निर्मलीडाडाँ बाहेकका १३ वटा वडाका ३७ जना सहभागि प्रशिक्षार्थीलाइ स्थानिय स्तरमा हुने गरेका गतिविधिलाई सहज तवरमा सञ्चार माध्यमसम्म पु¥याउनमा टेवा पुगोस भन्ने उद्देश्यले सरल र सिर्जनात्मक रुपमा आधारभूत पत्रकारिताको आचार संहिता, लेखन शैली, समाचार सम्पादन, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिताको विषय बस्तुहरु श्रव्य–दृश्य रुपमा प्रस्तुत गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राइले बताए ।

     

    सहभागी प्रशिक्षार्थीलाई जिल्लाका वरिष्ठ पत्रकार कृष्ण आचार्य पत्रकारहरु, डम्बर सिं राई, दिलीप खत्री, डिएम चाम्लिङ राई, उजुर राई, सुर्य तामाङ, केदार मगर, दमन राई, रामधन राईले प्रशिक्षण दिनुभएको थियो । आधारभूत पत्रकारिता तालिमको फाईदा लिदै ‘आगामी दिनमा असल सञ्चारकर्मीको रुपमा उदाउने लक्ष्य रहेको’ बाम्राङकी सहभागी भूमिका राईले बताईन् ।

     

    तालिममा अधिकांस महिलाहरुको सहभागीता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई तालिमले समाजमा भएका विकृती, विसंगती, अपारदर्शितालाई बाहिर ल्याउनका लागि सामान्य नीति नियम पाएको हुनाले यस तालिमलाइ अभिष्ट लक्ष्य ठानेर निरन्तता दिन नगरप्रमुख दिपनारायण रिजालले सुझाव दिए । पत्रकारीता पेशा संवेदनशिल र महत्वपुर्ण पेशा हो । उहाँले भन्नुभयो, “अभ्यास गर्नुहोस, रिपोर्टिङ गर्नुहोस, समाचार लेखन कार्यमा लाग्नुहोस त्यसपछि मात्रै तालिमको सार्थक भएको महशुष हुन्छ ।”

     

    उत्साहजनक तवरमा सञ्चालन गरिएको तालिमको समापनसँगै सहभागी प्रशिक्षार्थीलाई जिल्लाका बरिष्ठ पत्रकार तथा तालिमका प्रमुख प्रशिक्षक कृष्ण आचार्य लगायतले प्रमाणपत्र तथा नगरप्रमुख, उपप्रमुख बिणादेबी राईले प्रशिक्षकलाइ प्रशंसापत्र प्रदान गर्नुभएको थियो । सुचना आदानप्रदान गर्नमा सबैभन्दा भरपर्दो माध्यम पत्रकारिता पेशा भएको भन्दै प्रशिक्षार्थीहरु उत्साहित बनेका छन् । तालिमका सहभागि अधिकांश प्रशिक्षार्थीहरुले तालिम पश्चात पत्रकारिता पेशामा निरन्तर लागि पर्ने बताएका छन् ।

    क्याप्सन : आधारभू पत्रकारिता तालिमको समापनका अतिथि, प्रशिक्षक तथा प्रशिक्षार्थीहरु, तस्विर चिसाङ शेर्पा २०७५ असार ६ राती ९ : ४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology