चिसाङ शेर्पा असार/३ खोटाङ,
तेह्रथुममा भएको ‘प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता’मा खोटाङ प्रथम भएको छ । छथर गाउँपालिकाको आयोजनामा तेह्रथुमको शुक्रबारेमा सम्पन्न तीन दिबसीय प्रतियोगितामा ९ स्वर्ण, ६ रजत, १ कास्य लिएर खोटाङ कराते टिम पहिलो भएको हो ।
खेलाडीहरुको क्षमता बृद्धि र विकासमा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा उक्त नगरपालिकाको प्रतिनिधित्व गर्दै गत जेठ ३०, ३१ र असार १ गते सम्पन्न प्रतियोगितामा महिलातर्फ ५५ केजी तौल समुह कुमितेमा विद्याकला राई, ६१ केजी तौल समुहमा जस्मिना राई, ६८ प्लस केजी तौल समुहमा मिसडोना राइले स्वर्ण पदक दिलाएकी थिईन् । पुरुष कुमितेतर्फ ६० केजी तौल समुहमा सन्तोष राई, ६७ केजी तौल समुहमा रुरिहाङ्ग दुमि, महिला एकलकातामा रोश्मा राई, पुरुष एकलकातामा मोतिचन्द्र राई, महिला टिम कातामा जस्मिना राई, बिद्याकला राई, रोश्मा राई, पुरुष टिम कातामा अर्जुन श्रेष्ठ, रुरिहाङ्ग दुमि र मोतिचन्द्र राईले स्वर्ण पदक हात पारेका थिए ।
महिला कुमितको ४० केती तौल समुहमा डुनु राई, ४५ केजी तौल समुहमा नन्जु राई, ८६ प्लस केजी तौल समुहमा सोना राई तथा ५५ केजी तौल समुहमा अर्जुन श्रेष्ठ र ७५ केजी तौल समुहमा सुजन राईले रजत पदक दिलाएका थिए । यस्तै, महिला कुमिते ५० केजी तौल समुहमा युनिका राईले १ कास्य दिलाउन सफल भएको आयोजकलाई उद्धृत गर्दै नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार प्रतियोगितामा ४ स्वर्ण, १ रजत, २ कास्य लिदै मकवानपुरले दोश्रो स्थानमा चित्त बुझाएका छन् । ३ स्वर्ण, २ रजत, ३ कास्य लिएर आयोजक छथर गाउँपालिका तेश्रो भएको छ । रोल्पा अनुशाशित टिम, झापाका महिला कुमितेमा सुबिक्षा राई उत्कृष्ट खेलाडी घोषित भईन् । प्रतियोगिताका प्रथम, दितीय, तृतिय टिम समुहले क्रमश : नगद रु ५० हजार, ३० हजार, २० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
क्याप्सन : टिम प्रथमपछि सामूहिक फोटो खिचाउदै खोटाङका कराते खेलाडी तथा प्रशिक्षक, तस्विर, सन्जय कुमार राईको फेसबुक २०७५ असार ३ दिउसो २ : ०० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology