काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेसी जनताको माग अनुसार वर्तमान सरकारले संविधान संशोधन अहिले नगरे कहिले गर्ने भनेर प्रश्न गरेका छन्।
बिहिबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतोले संविधान संशोधन गर्न सजिलो होस् भनेर आफूहरुले पनि सरकारलाई समर्थन गरेको स्पष्ट पारे।
उनले भने, ‘ २ तिहार्इ बहुमतको सरकारले अब पनि संविधान संशोधन गरेन भने जनताको श्राप लाग्छ।’ वर्तमान सरकार इतिहासकै बलियो भएको भन्दै उनले अब पनि संविधान संशोधन नगरे कहिले गर्ने भन्दै पुनस् प्रश्न सरकारलार्इ तेर्साए।
सरकारले हिमाल, पहाड र तराई सबै क्षेत्रको भावनालाई समेटेर काम गर्नु आवश्यक रहेको भन्दै लामो समय आन्दोलन गरेका कारण मधेसवादी दलहरुको मागलाई त अझ प्राथमिकतामा राख्नुपर्ने उनको जिकिर छ।
मधेस आन्दोलनको समयमा उठेका नागरिकता, भाषा, सीमांकन, प्रतिनिधित्व लगायतका माग नै संविधान संशोधनको बटमलाइन भएको जानकारी दिँदै महतोले संशोधन नगरी यथास्थितिमा सरकारमा जानुको कुनै औचित्य नरहेको टिप्पणी गरे।
नेता महतोले मधेसी जनताले यही सरकारबाट आफूहरुको भावनाको सम्मान हुने अपेक्षा लिएको स्पष्ट पार्दै भने, ‘परिवर्तनको अनुभूति दिलाउनका लागि पनि संविधान संशोधन गर्न सरकार इमान्दार हुनु आवश्यक छ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology