समायोजन खबर जेठ/३१खोटाङ,
नेपाली कांग्रेस खोटाङले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । बर्तमान सरकारले मुल्यबृद्धि बढाएर जनताको ढाड सेक्ने कार्य तथा भ्रष्टचार मौलाउँन दिएको भन्दै नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको छाँया सरकार र नगर अनुगमन समितिले विहीबार पुत्ला जलाएको हो । कांग्रेसको वीपी स्मृति भवनबाट ओलीको पुत्ला बोेकेर शंख फुक्दै दिक्तेलको त्रिवेणीचौकमा पुगेर पुत्ला जलाएका हुन् ।
नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको “सिधा प्रश्न ?” नामक बहस कार्यक्रम संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ठाडो आदेशमा बन्द गर्दै बर्तमान सरकारले अधिनायकवाद लादेकोमा समेत चर्को नारावाजीसमेत गरेका छन् । उनिहरुले संचारमन्त्रीको समेत नाम उल्लेख गर्दै पुत्ला जलाएका हुन ।
पुत्ला दोहनपछि कोणसभालाई संवोधन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छाँया सरकार प्रमुख तीर्थराज भट्टराईले बर्तमान सरकारमा भष्टचार व्यापक रुपमा मौलाएकोले कुनै पनि हालतमा कांग्रेसले नछोड्ने बताए । यस्तै, कम्युनिष्ट सरकार भएसंगै मुल्य बृद्धि बढाएर जनताको ढाड सेक्ने कार्य भएको प्रति कांग्रेसको आपत्ति रहेको र मुल्यबृद्धि घटाउँनका लागि दवाव दिन कांग्रेस कुनै पनि हालतमा पछि नपर्ने समेत भट्टराईले बताएका छन् । झुठ बोलेको रहस्य खुलेपछि सञ्चारमन्त्री बाँस्कोटाले कार्यक्रमनै बन्द गर्नका लागि आदेश गर्र्नु लजास्मत कुरा भएको समेत उल्लेख गरिएको छ ।
लोकतन्त्रमा हरेक नागरिकले जिम्मेवार निकायमा रहेकाहरुलाई प्रश्न सोध्ने हैसियत र तागत राख्छ भट्टराईले भने, “न्यूनतम ज्ञान समेत नरहेका वास्कोटाले पत्रकार राजु थापाले संचालन गर्ने कार्यक्रम बन्द गर्नुले मन्त्री वास्कोटा सहित केपी ओली नेतृत्वको सरकारको नियत पनि उदाङगिएको छ ।”
क्याप्सन : सदरमुकाम दिक्तेलको त्रिवेणीचौकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै खोटाङ कांग्रेस । तस्विर, समायोजन खबर २०७५ जेठ ३१ राती ८ : ३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology