• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

असार पहिलो साता एम्बुलेन्स खरीद गरिने

असार पहिलो साता एम्बुलेन्स खरीद गरिने


चिसाङ शेर्पा
  • बिहिबार, जेष्ठ ३१ २०७५

  • चिसाङ शेर्पा जेठ/३१ खोटाङ,
    खोटाङको हौंचुर वडा कार्यालयले आफ्नो मातहतमा नयाँ एम्बुलेन्स खरीद गर्ने भएको छ । रावावेंशी गाउँपालिका–६ हौंचुरका स्थानीयलाइ बिशेष प्राथमिकता दिने उद्देश्यले असार पहिलो हप्ताबाट एम्बुलेन्स खरीद प्रक्रिया थालनी गर्ने भएको हो ।

     

    गाउँघरका स्थानीय विरामी पर्दा तथा महंगो शुल्कमा हवाईजहाज, हेलिकोप्टरबाट बिरामीलाई जिल्ला बाहिर लाने बिकराल समस्यालाई हल गर्नका लागि हौंचुरवासी स्थानीयको स्वेच्छिक सहयोगमा संकलित ५ लाख र गाउँपालिकाको ६ लाख लगानीमा हौंचुरले वडाले एम्बुलेन्स खरीद गर्ने भएको एम्बुलेन्स सेवा समिति संयोजक तथा आर्थिक संकलक गजेन्द्र राईले जानकारी दिनुभयो । अब संकलन समितिको खातमा १ लाख ५ हजार रहेको छ ।

     

    २०७४ बैशाख २० गतेदेखी शुरु आर्थिक संकलन अभियानले देश तथा बिदेशमा एम्बुलेन्स खरीदका लागि संकलित रकम विहीवार हौंचुरका वडा सचिव शेर बहादुर दाहाल मार्फत गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँका स्थानीय तथा समाजसेवीहरुको सकृयतामा संकलित रकम र गाउँपालिकाको रकमले एम्बुलेन्स खरीदमा अपुग भए गाउँपालिकाले थप रकम सहयोग गर्ने गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए ।

    क्याप्सन : एम्बुलेन्स खरीदका लागि हौचुरका वडा सचिवलाई रकम हस्तान्तरण गरिदैं, तस्विर समायोजन खबर २०७५ जेठ ३१ साँझ ६ : २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology