• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विपत व्यवस्थापन समिती गठन गर्नुपर्ने

विपत व्यवस्थापन समिती गठन गर्नुपर्ने


सरिता राई 
  • बुधबार, जेष्ठ ३० २०७५

  • सरिता राई जेठ/३० भोजपुर,
    भोजपुरको स्थानिय तहले विपत व्यवस्थापन समिती तत्काल गठन गर्नुपर्ने भएको छ । यस वर्षको मनसुन सुरु भएको भन्दै जिल्ला विपत व्यवस्थापन समितीको निर्णयले दुई नगरपालिका सहित ७ गाउँपालिका रहेको भोजपुरका स्थानिय तहलाई तत्काल स्थानिय विपत व्यवस्थापन समिती गठन गर्न भनिएको हो ।

     

    विपत पुर्वतयारी तथा प्रतिकार्य योजनाको सम्बन्धमा जिल्ला प्रसासन कार्यलयमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले विपत व्यवस्थापनका लागी आवश्यकीय सामाग्री खरिद गरी स्टक राख्नुपर्ने निर्णय गरेको छ । त्यस्तै मनसुन आपतकालिन योजनाको लागी सम्बन्धीत संघ संस्था सरोकारवालासँग उपलब्ध सामाग्रीको विवरण समेत जिल्ला विपत व्यवस्थापन समितीलाई बुझाएको छ ।

     

    विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन एैन २०७४ को दफा १७ बमोजिम स्थानिय विपत व्यवस्थापन समिती गठन गर्न स्थानिय निकायलाई परिपत्र भएको भएपनि हालसम्म गठन नभएको पाइएको हो ।

    २०७५ जेठ ३० दिउँसो २ : १५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology