• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जम्बुलिङ श्यर्वी छोक्पाको पहिलो अनलाईन बैठक सम्पन्न

जम्बुलिङ श्यर्वी छोक्पाको पहिलो अनलाईन बैठक सम्पन्न


समायोजन खबर
  • मंगलबार, जेष्ठ २९ २०७५

  • डोमा शेर्पा,काठमान्डैा

    गत सालको अक्टोबर ८ ९ र १० तारीख राजधानी काठमाण्डौंमा आयोजना भएको प्रथम विश्व शेर्पा सम्मेलनबाट औपचारिक रुपमा स्थापना भएको जम्बुलिङ श्यर्वी छोक्पा (विश्व शेर्पा मञ्च)को पहिलो अनलाईबैठक सम्पन्न भएको छ ।

    यही जुन  ३ तारीखका दिन बसेको उक्त बैठकले केही महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । छोक्पाका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको अध्यक्षतामा बसेको उक्त बैठकमा गत सम्मेलनको आर्थिक आय व्यय, संस्थाको विधान र लोगोलाई पुर्णता दिने तथा संस्थालाई आधिकारिक दर्ता गर्नेबारे र अन्य विविध बिषयहरुलाई प्रस्तावित गरेर छलफल भएको थियो । छोक्पाका महासचिव पासाङ गेली शेर्पाले संचालन गरेको उक्त बैठकमा वरिष्ठ उपाध्यक्ष दावा जाङबु शेर्पा, उपाध्यक्षहरु निमा शेर्पा, गेल्मु शेर्पा, ङवाङ नुरी शेर्पा, निमा ग्याल्जेन शेर्पा, महासचिव पासाङ गेली शेर्पा, कोषाध्क्ष मिङमा शेर्पा, पदेन सदस्यहरु, शेर्पा किदुग बेल्जियमका अध्यक्ष आङ दोर्जी शेर्पा सोनाम, शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पा, शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष मिङमा साङ्गे शेर्पा को उपस्थिती रहेको थियो ।

    उक्त बैठकले २०१७ अक्टोबर ८-११ मा सम्पन्न प्रथम ग्लोवल शेर्पा कन्फरेन्सको आय व्ययको हिसाब बारे , विश्व शेर्पा सम्मेलन २०१७ को निर्णय अनुसार मस्यौदा विधानलाई अन्तिमरूप दिनेबारे , जम्बुलिङ शेर्वी छोक्पा लाई औपचरिक रुपमा दर्ता गर्ने बारे ,जम्बुलिङ शेर्वी छोक्पाको लेागेा,लेटर प्याड र छाप तयार गर्ने र बिबिध निर्णयहरु प्रमा छलफल भएकेा थियेा ।

    अध्यक्ष आङ दोर्जी लामा शेर्पाले २०१७ अक्टोबर ८-११ मा सम्पन्न प्रथम ग्लोवल शेर्पा कन्फरेन्सको आय व्ययको हिसाब पेश गर्नु भयो । आम्दानी तर्फ सहभागी शुल्क र सहयोग गरी ने रू.१६,६१,७६६/-, स्मारिका छपाई बाट खर्च कटाई खुद नाफा ने रू. ९५,०००/- र नेपालमा विभिन्न स्पोन्सरहरुबाट ने रू. ३,००,०००/- गरी जम्मा आम्दानी ने रु. २०,५६,७६६/- भएको जानकारी गराउनु भयो । त्यसै गरी खर्च तर्फ Radisson होटेलमा ४१५ pax @ २००० ले ने८३४ नेरु. ८,३४,९६७/-, शेर्पा गुम्बाको हल भाडा ३ दिनको नेरु. ७६,२००/-, शेर्पा गुम्बाको ३ दिनको चिया नास्ता बिहानको खान तथा बेलुकाको खान समेत गरी नेरु ४,९९,०००/-, र अन्य साउन्ड सिस्टम,प्रेाजेक्टर, खाताक,ब्यानर,कल्चरल ग्रुप,प्रमुख अतिथिकेा लागि टेाकन अफ लभ,स्टेशनरी, हल सफा आदि गरी नेरु १,५१,३२५/- गरी जम्मा खर्च नेरु १५,६१,४९२/- भई जम्मा बचत नेरु ४,९५,२७४/- भएको जानकारी गराउनु भयो । सो बचत मध्ये अध्यक्ष आङ दोर्जी लामा शेर्पासंग नगद नेरु ४,१५,२७४/- डोमा शेर्पा (पत्रकार) संग नेरु ५०,०००/- र उठ्न बाकी नेरु ३०,०००/- भएको समेत जानकारी गराउनु भयो ।

     

    बैठकले विश्व शेर्पा सम्मेलन २०१७ को निर्णय अनुसार सम्मेलनमा प्राप्त सुझाबहरुलाई समेटी कार्यसमितिकेा विधानलाई अन्तिम रूप दिने निर्णय भएको हुदा अब हुने कार्यसमितिको अर्को बैठकलमा विधानलाई अन्तिम रुप दिनको लागि एउटा उपसमिति बनाउने र सो उपसमितिले विधानको अन्तिम मस्यौदा तयार पारी कार्यसमितिबाट अनुमोदन गराउने , जम्बुलिङ शेर्वी छोक्पालाई आधिकारिक रुपमा दर्ता गर्नको निम्ति नेपालको सरकारी ऐन मुताबिक कानून विज्ञको सरसल्लाह लिने र गैर आवसीय नेपाली संघ (Non-Residential Nepali Assocication) ले अपनाएको प्रणाली कै मुताविक हुने वा अन्य विधि अपनाएर दर्ता गर्ने भन्नेबारेमा अगामी बैठकमा अन्तिम छलफल गर्ने बैठकले निर्णय गरिएकेा थियेा ।

    त्यस्तै बैठकले जम्बुलिङ शेर्वी छोक्पाको लेागेा लेटर प्याड र छाप तयार गर्न आवश्यक भएको हुदा आउँदो बैठकमा अन्तिमरूप दिने निर्णय गरियो । विश्व सम्मेलन २०१७ मा बनाइएको लोगो र महा सचिव पासाङ्गशेर्पाले सृजना गरेको लोगो (ङेसे) लाई मिलाई कार्यकारिणी सदस्यहरूको सामुराखिने र आउँदो बैठकमा अन्तिमरूप दिने , लेवी सङ्ग्रह गर्ने र संस्थाको कोष वृद्दि गर्ने विषयमा कोषाध्यक्ष, मिङमा शेर्पाले गत साल विश्व शेर्पा सम्मेलनमा ने। रु। ५४,००० सङ्ग्रह भएको र त्यस रकमलाई नेपालको एक निजी बैङ्कमा सुरक्षित (Fixed Deposit) राखिएको कुरा बैठकलाई अवगत गराउनुभयो, र अगामी दिनहरूमा अध्यक्ष र महासचिवको दिशा निर्देशमा कोषाध्यक्ष लगायत सह-कोषाध्यक्षहरू सँग सरसल्लाह गरेर लेवीसङ्ग्रहको लागी पहल गर्ने ,विश्वका विभिन्न मुलुकहरूमा बसोबास गरिरहेको शेर्पा समुदाय भित्र देखिएको अनावाश्यक तडक-भडक र खर्चलाई घटाई मितव्ययिता अपनाउदै आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, सामाजिक प्रचलन र मूल्य मान्यताहरुको संरक्षण र संवर्धन गर्न र गराउन बिश्वको बिभिन्न शेर्पा संघ सस्थाहरुलाई अनुरोध गर्ने ,विभिन्न संचार माध्यमद्वारा विश्व शेर्पा सम्मेलन र विश्व शेर्पा समुदायको पहलहरूलाई विश्वसामु राख्ने अहम भूमिकालाई कदर गर्दै वरिष्ट शेर्पा पत्रकार श्री आङ छिरिङ शेर्पालाई जम्बुलिङ शेर्वी छोक्पाको प्रवक्ता र डिजीटल संचार माध्यम बाट संसारभरिको शेर्पा समुदायलाई जोड़्दै विश्व सेर्पा सम्मेलन सफलता पूर्वक आयोजना गर्न सहयोग गर्नुहुने पेम्बा गेलु शेर्पालाई जम्बुलिङ शेर्वी छोक्पाको मेडिया केाअे।र्डिनेटरको रूपमा सर्व सम्मितीद्वारा मनोनयन गरिएकेा थियेा ।

    सन २०१८ साल मा सफलता पूर्वक सगरमाथा आरोहण गर्दै विभिन्न किर्तिमान कायम गर्नुहुने शेर्पा समुदायका विभिन्न व्यक्तित्वाहरू बधाई ज्ञापन गर्ने ,जम्बुलिङ शेर्वी छोक्पाको कार्यसमिति ठुलो भएको र छोटो समयमा वैठक बसी निर्णयहरु गराउनको लागि एक सानो आकारको सचिवालय (Secretariat) गठन गर्ने निर्णय गरियो र यसरि गठन गर्ने सचिवालयमा भौगोलिक रुपमा सबै ठाउँहरुबाट प्रतिनिधित्व हुने गरी गठन गर्ने ,जम्बुलिङ शेर्वी छोक्पाको कार्यसमितिको बैठक हरेक ३/३ महिनामा र सचिवालयको बैठक आवश्यकता अनुसार बस्ने

    विभिन्न संचार माध्यमद्वारा विश्व शेर्पा सम्मेलन र विश्व शेर्पा समुदायको पहलहरूलाई विश्वसामु राख्ने अहम भूमिकालाई कदर गर्दै अमेरिकाबाट वरिष्ट शेर्पा पत्रकार आङ छिरिङ शेर्पालाई जम्बुलिङ शेर्वी छोक्पाको प्रवक्ता र डिजीटल संचार माध्यमबाट संसार भरिको शेर्पा समुदायलाई जोड़्दै विश्व सेर्पा सम्मेलन सफलता पूर्वक आयोजना गर्न सहयोग गरेको भन्दै पोर्तुगलबाट पेम्बा गेलु शेर्पालाई मिडिया कोअर्डिनेटरमा मनोनयन गरेको छ ।

    मनोनित प्रवक्ता आङ छिरिङ शेर्पा गत अक्टोबरमा सम्पन्न प्रथम विश्व शेर्पा सम्मेलनको प्रचारप्रसार समिति संयोजक भएर काम गरेका थिए, उनी नेपालमा एक दशक भन्दा बढी कान्तिपुर पब्लिकेशनमा पत्रकारिता गरेको अनुभवसँगै दक्षिण एसियाबाट पहिलो पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने किर्तिमानी पत्रकार समेत हुन । हाल अमेरिकामा पत्रकारितालाई निरन्तरता दिदै क्रियाशिल शेर्पा नेपाल अमेरिका पत्रकार संघको संस्थापक अध्यक्ष र एभरेष्ट टाईम्स अनलाईन र अमेरिकाबाट प्रकाशन हुँदै आएको एभेष्ट टाईम्स पत्रिकाको प्रधानसम्पादक समेत हुन । त्यसै गरी छोक्पाको संचार संयोजकमा मनोनित भएका पेम्बा गेलु शेर्पा शेर्पा संचार समूह नेपालका संस्थापक सचिव र पुर्व अध्यक्ष हुन । विभिन्न सामाजिक अभियानमा क्रियाशिल उनी हिमालयन शेर्पा संस्कृतिक केन्द्रका पुर्व महासचिव र उपाध्यक्ष समेत हुन । नेपालमा रहँदा गोरखापत्रमा भाषिक पत्रकारिता गरेका उनी हाल पोर्तुगलमा बस्दै आएका छन । विश्व शेर्पा मञ्चको स्थापनार्थ गठित तदर्थ समितिको बैठकहरुमा विशेष गरी प्रविधिक रुपमा सहयोग गर्दै आएका उनी शेर्पा संघ यूरोपको महासचिव र नेपाल पत्रकार महासंघ यूरोप शाखाका सचिव समेत हुन ।

    तस्बिर बिश्व शेर्पा सम्मेलन २०१८बाट लिइएकेा हेा । प्रकाशित मिति २०१८ जुन १२जापानकेा स्थानिय बेलुकी  समय १० -४५ बजे

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology