चिसाङ शेर्पा जेठ/१६ खोटाङ,
सिंहदरबारका सेवासुविधा गाउँगाउँमा आए भनिए पनि गाउँपालिकाको कार्यालय भन्दा सदरमुकाम जान नजिक रहेको सेवाग्राहीले दुखेसो गरेका छन् । खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाडाँका अधिकांश स्थानियलाइ भौगोलिक रुपमा पालिका केन्द्र जानुको सट्टामा सदरमुकाम पुग्न छिटो र सहज हुने गरेका छ ।
राजनीतिक प्रतिशोध, शक्ति प्रर्दशन र आडम्बरले हालको गाउँपालिका–१ कुभिण्डे फेदीस्थित हरमटारमा पालिका केन्द्र लैजादा स्थानिय सरकार आउदा खुशी भएका लामिडाडाँका प्रायः सवै जनतालाई स्थानिय सरकारले शास्तीमाथी शास्ती थपिदिएको छ ।
६ वडा रहेको पालिकाको लामिडाडाँको वडा कार्यालयबाट मात्र हाल अस्थायी रुपमा रहेको पालिका केन्द्र पुग्न डेढ घण्टा समय लाग्छ । यद्यपी, पालिकाको कार्यालय अस्थायी ठाउँबाट अझै २ घण्टा तल सर्दैछ । तिर्पाबाट वडा कार्यालय पुग्न २ घण्टा लाग्ने वडाध्यक्ष विदुर कुमार खतिवडाले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले सिमानासँग जोडिएको लामिडाडाँको हात्तीटारदेखी हाल खार्पामा रहेको पालिका कार्यालय पुग्न साँढे ४ घण्टा समय लाग्छ । उहाँले भन्नुभयो, “पछि हरमटार सरेपछि साँढे ६ घण्टा बढी समय लाग्छ, स्थानियहरु पालिका केन्द्र जान भन्दा सदरमुकाम जान दुखेसो गर्छन् ।”
सल्लेको वारी लामिडाडाँको हात्तीटारमा मात्रै २५ बढी घर रहेको छ । उनीहरुलाई पालिकाको कार्यालय जान भन्दा सदरमुकाम पुग्न छिटो र सहज छ । पालिकाको कार्यालय टाढा हुंदा बिशेषगरी बृद्धबृद्धालाई सबैभन्दा बढी समस्या भएको स्थानियको दुखेसो छ । ५ सय ६४ घरधुरी र करीव ३ हजार बढी जनसंख्या भएको लामिडाडाँ बासीले पालिकाको कार्यालय अनुपर्युक्त स्थानमा भएको बताउँदै आएका छन् ।
२०७५ जेठ १६ गते साँझ ६ :३० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology