• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खार्मीका सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गर्ने तयारी

खार्मीका सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गर्ने तयारी


समायोजन खबर
  • बिहिबार, जेष्ठ १० २०७५

  • समायोजन खबर जेठ/१०खोटाङ,

    खोटाङको खार्मीका सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का सबै वडामा रहेका बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने पुर्वतयारी स्वरुव आधारभुत तहका अंग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । गाउँका अभिभाबक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ बाट अंग्रजी माध्यमबाट पठन–पाठनको अन्तिम तयारी गरेको हो ।

     

    अंग्रेजी माध्यमको पाठ्याक्रम, पुर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापन लगायतका बिषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडा सचिव चित्र सुबेदीले बताउनुभयो । अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यापुस्तक वितरण गरिसकिएको वडा शिक्षा समितिले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology