सरिता राई जेठ/१० भोजपुर,
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा भोजपुरका ६ नेता मनोनीत भएका छन् । माओवादीको तर्फबाट सुदन किराँती, अजम्बर राई काङमाङ तथा एमालेका तर्फबाट शेरधन राई, राजेन्द्र राई, जयन्ती राई र हरि राई केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको हो ।
यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका सबैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेको स्रोतले जनाएको छ ।एमालेका तर्फबाट केन्द्रीय सदस्य बन्नुभएका शेरधन राई प्रदेश १ को मुख्यमन्त्री हुनुहुन्छ भने राजेन्द्र राई भोजपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य हुनुहुन्छ त्यसैगरी जयन्ती राई पुर्व सभासद् हुनुहुन्छ भने हरि राई केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।
त्यसैगरी माओवादीका तर्फबाट केन्द्रिय सदस्य बन्नुभएका सुदन किराँती भोजपुरका प्रतिनिधी सभा सदस्य र पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । त्यस्तै अजम्बर राई काङमाङ संघिय समाजवादी पार्टीको केन्द्रिय सचिव भइसक्नुभएको थियो । भोजपुरबाट यति धेरैका सङ्ख्यामा (नेकपा) को केन्द्रिय सदस्यमा नेताहरु मनोनित भएपछि कार्यकर्ता खुसी भएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology