चिसाङ शेर्पा जेठ/१० खोटाङ,
१ नम्बर प्रदेश टिम छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ प्रथम भएको छ । ९ स्वर्ण, ३ रजत ४ कास्य लिएर खोटाङ पहिलो भएको हो ।
प्रथम एपिएफ खुल्ला अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगिताको लागि सुनसरीको धरान उपमहानगर पालिकामा बुधबार सम्पन्न प्रदेश १ टिम छनौटमा महिला एकल कातामा रोष्मा राई, महिला समूह कातामा रोष्मा राई, विद्याकला राई र नन्जु राईले स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
महिला कुमितेतर्फ ५५ केजि तौल समुहमा विद्याकला राई, ६१ केजि तौल समुहमा जस्मिना राई, ६८ं केजि तौल समुहमा मिसडोना राई, पुरूष कुमितेतर्फ ६० केजि तौल समुहमा सन्तोष राई, ६७ केजि तौल समुहमा रूरीहाङ्ग राई, ७५ केजि तौल समुहमा सुजन राई र ८४ं केजि प्लसमा ईश्वरधन राईले स्वर्ण पदक ल्याएका हुन् ।
महिला कूमितेको ६८ केजि तौल समुहमा सोना राई, पुरूष कूमितेतर्फ ८४ केजि तौल समुहमा हरिकाजी राई, पुरूष समूह कातामा मोतिचन्द्र राई, रूरीहाङ्ग राई र अर्जुन श्रेष्ठले रजत पदक दिलाएका थिए । पुरूष एकल कातामा मोतिचन्द्र राई, पुरूष कुमितेतर्फ ५० केजि तौल समुहमा पाईलन राई, ५५ केजि तौल समुहमा अर्जुन श्रेष्ठ, महिला कुमितेतर्फ ४५ केजि तौल समुहमा नन्जु राइ र ५० केजि तौल समुहमा युनिका राईले कास्य पदक हात पारेकी प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।
भोली शुक्रबार र शनिबार सशस्त्र प्रहरी क्लव काठमाडौंको आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचौकमा हुने प्रथम एपिएफ खुल्ला अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगिताका लागि खोटाङका ९ जना खेलाडी छनौटमा परेका छन् ।
छनौट हुनेमा महिला एकल कातामा रोश्मा राई, महिला टिम कातामा रोश्मा राई, नन्जु राई, विद्याकाला राई, ५५ केजि तौल समुह महिला कूमितेमा बिद्याकला राई, ६१ केजि तौल समुहमा जस्मिना राई, ६८ केजि प्लसमा मिसडोना राई, पुरुष कूमिते ६० केजी तौल समुहमा सन्तोष राई, ६७ केजी तौल समुहमा रुरीहाङ राई, ७५ केजी तौल समुहमा सुजन राई र ८४ केजि प्लसमा ईश्वधन राई छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology