• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सम्मानजनक अभिभावक पालन पोषण गर्ने सम्मानित

सम्मानजनक अभिभावक पालन पोषण गर्ने सम्मानित


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ ९ २०७५

  • चिसाङ शेर्पा जेठ/९ खोटाङ,
    खोटाङमा आफ्नो पाको आमा बुवा, सासू ससुरालाई राम्ररी पालन पोषण गर्ने ९ जना सम्मानित भएका छन् । अग्रज अभिभावकहरुको सम्मान सहित पालन पोषण गर्ने ५ बुहारी, २ छोरा, १ छोरी र १ भतिजा सम्मानित भएका हुन् ।

     

    जेष्ठ नागरिक जिल्ला संघ खोटाङको १ दिने अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०४ बर्षीय मणि शुन्दर वजिमयका छोरा धन कुमार वजिमय, लफ्याङका १०० बर्षीय वैजनाथ आचार्यका बुहारी उषादेबी आचार्य, दिक्तेलका ९४ बर्षीय दृप नारायण आचार्यका बुहारी इश्वरा देबी आचार्य, दिक्तेलकै ९३ बर्षीय मसीनी थापा खत्रीका भतिजा लाल बहादुर खत्री, सोही वडाका १११ बर्षीय डम्भर कुमारी आचार्यका छोरी बिमला पौडेल, ८३ बर्षीय गणेश बहादुर खत्रीका छोरा दान बहादुर खत्री सम्मानित हुनुभएको हो ।

     

    यस्तै, लफ्याङका ८३ बर्षीय तेज बहादुर बुढाथोकीका बुहारी हिम कुमारी बुढाथोकी, दिक्तेलका ८२ बर्षीय नरमाया पोखरेलका बुहारी पिङला पोखरेल र सोही वडाका ८४ बर्षीय चन्द्र माया कार्कीका बुहारी इन्दिरा कार्की सम्मानित भएकी हुन् । सम्मानित ब्यक्तिलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उममेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा घिमिरे लगायतले सम्मानपत्र र जनही ५ सय रुपैयाँका दरले सम्मान गर्नु भएको थियो ।

     

    नगरपालिका र महिला विकास शाखाको आयोजनामा भएको अन्तरक्रियामा सहभागीले अस्पताल, यातायात, बैंक, होटल, पार्क लगायतमा जेष्ठ नागरिकका लागि छुट्टै सेवा सुविधा दिने स्थान हुनुपर्ने बताएका छन् । मंगलबार समिक्षालयमा सयांैको भिडमा जम्मा भएका जेष्ठ नागरिकले नगरपालिका÷गाउँपालिकाले छिटो जेष्ठ नागरिक परिचयपत्र, जेष्ठ नागरिकका लागि दिवा सेवा भवन निर्माण, धार्मिक भ्रमणको लागि बजेट व्यवस्थापन, जेष्ठ नागरिकहरुको कानुनी अधिकार जानकारी, बिकासे निर्माणका उपभोक्ता समितिमा जेष्ठ नागरिकको ३५ प्रतिशत सहभागी गराउनुपर्ने लगायतका ९ सुत्रिय माग नगरपालिकालाई बुझाइएको जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा घिमिरेले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology