चिसाङ शेर्पा जेठ/७ खोटाङ,
प्रदेश १ को कराते टिम छनौटका लागि खोटाङबाट १५ जना खेलाडी छनौट भएका छन् । आगामी बुधबार सुनसरीको धरान उपमहानगरपालिकामा प्रदेश १ को टिम छनौटका लागि विभिन्न विधामा खेलाडी छनौट भएको हो ।
सोमबार दिक्तेलस्थित कर्वड हलमा महिला एकलकातामा रोष्मा राई, महिला समूहकातामा रोष्मा राई, विद्याकला राई, नन्जु राई छनौट भएकी हुन् । महिला कुमितेतर्फ ४५ केजि तौलमा नन्जु राई, ५० केजिमा युनिका राई, ५५ केजिमा विद्याकला राई, ६१ केजिमा जस्मिना राई, ६८ केजिमा सोन राई र ६८ं केजि प्लसमा मिसडोना राई छानिएका छन् ।
यस्तै, पुरूष एकलकातामा मोतिचन्द्र राई, पुरूष समूह कातातर्फ मोतिचन्द्र राई, रूरीहाङ्ग राई, अर्जुन श्रेष्ठ छन् । पुरूष कुमितेतर्फ ५० केजि तौलमा पाईलन राई, ५५ केजिमा अर्जुन श्रेष्ठ, ६० केजिमा सन्तोष राई, ६७ केजिमा रूरीहाङ्ग राई, ७५ केजिमा सुजन राई, ८४ केजिमा हरिकाजी राई र ८४ं केजि प्लसमा ईश्वरधन राई छनौट भएका हुन् ।
छनौट भएका खेलाडीहरु बुधबार धरानमा खेल्दैछन् । धरानबाट छनौट भएका खेलाडीले आगामी शुक्रबार र शनिबार सशस्त्र प्रहरी क्लव काठमाडौंको आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचौक काठमाडौंमा हुने प्रथम एपिएफ खुल्ला अन्तर्राट्रिय सोतो कराते प्रतियोगितामा खेल्न पाउने प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology