सरिता राई जेष्ठ/६भोजपुर,
भोजपुर जिल्ला अदालतले १४ वर्षिया बालिका बलत्कार गर्ने एक व्यक्तिलाई ९ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला नियाधिस हरिसचन्द्र इङनामको एकल इजलासले षडानन्द नगरपालिका –११ नेपालेडाँडाका २८ वर्षिय युवक दिनेश देवकोटालाई ९ वर्ष कैद र ५० हजार क्षतिपुर्ति भराउन भनेको हो ।
पिडित बालिकाकालाई युवकले आफ्नो पसलमा सामान किन्न आउँदा २०७४ वैशाख २१ गतेबाट पटक पटक बलत्कार गर्ने गरेको पिडित बालिकाको पारिवाीक स्रोतले दिएको उजुरीमा उल्लेख गरिएको छ ।पटक पटक बलातकृत हुदैं आएकी बालिकाले माघ १५ गते आफ्नी दिदिलाई सुनाएपछि परिवारले प्रहरीमा उजुरी दिएको र देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
युवकलार्ई मुलुकी एैनको जबरजस्ती करणी महलको ३(२) अनुसार ६ वर्ष तथा हाड नाता करणीको २(२) अनुसार थप ३ वर्ष गरी ९ वर्ष कैदको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार मणि पोखरेलले जनाकारी दिनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology