समायेाजन खबर,२ जेठ काठमान्डैा
यो वर्षको पहिलो महिला सगरमाथा आरोहण दोलखाकी चेली दावुटी शेर्पाले गर्नुभएको छ । दोलखाकी चेली दावुटीले सफलतापूर्वक सगरमाथाको आरोहणा गर्नुभएको छ । नेपाली कफीलाई विश्व सामु पुर्याउने उद्देश्यले दावुटीले सगरमाथाको आरोहण गर्नुभएको हो ।
दावुटीले मकालुको पार्साङ ग्यालजुङ शेर्पाको नेतृत्वमा सफलतापूर्व आरोहण गर्नुभएको हो । । उहाँले यो पटकसम्म गरि तीन पटक सगरमाथा आरोहण गर्नुभएको छ । पार्साङ ग्यालजुङ शेर्पा पनि २३ वर्षकै हुनुहुन्छ । दावुटी हाम्रो सगरमाथा हाम्रो गौरव कृषि विकासमा हाम्रो पौरख भन्ने मूल नाराका साथ सगरमाथाको आरोहणमा सफल हुनुभयो ।

दोलखा जिल्लाको विकट गाँउ गौरीशंकर हिमालको काखमा रहेको सिमीगाँउमा वि. सं. २०५१ सालमा जन्मिनु भएको हो । हिमालको काखमा हुर्किएकाले होला सानै देखिको सगरमाथा चढ्ने सपना पूरा भएको छ । दावुटीले २०६६ सालमा आफ्नै जिल्लाको विद्यालयबाट एसएलसी पास गरे पश्चात पढाईलाई अघि बढाउन राजधानी पस्नु भएको दाबुटीले पढाईसँगै कफी बनाउने तलिम लिनुभयो । मितिनी क्याफेबाट कफी सम्बन्धी तालिम लिएकी दाबुटीले तालिम पश्चात यसै क्याफेमा काम गर्ने अवसर पाउनुभएको थियो ।
केही बर्षको अनुभव पश्चात मितिनी क्याफेबाट नै कफी सम्बन्धी तालिम दिदै आफ्नो पेशालाई अगाडी बढाउनुभएको थियो । उहाँले मितिनी सँगै अन्य विभिन्न क्याफेबाट पनि प्रशिक्षकको काम गर्नुभयो भने अहिले बौद्दमा आफ्नै लगानीमा मितिनी क्याफे बौद्ध सञ्चालन गरिरहनु भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology