• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो बर्थिङ सेन्टर

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो बर्थिङ सेन्टर


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ २ २०७५

  • चिसाङ शेर्पा जेठ/२ खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि गाउँपालिकाको पहलमा उप–स्वास्थ्यचौकी स–छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो । सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि मंगलबार स–छितापोखरीमा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बर्थिङ सेन्टर उदघाटन गरेका हुन् ।

     

    गर्भवती महिलालाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको हो । बर्थिङ सेन्टर स्थापनाका लागि स्वास्थ्य मन्त्रालयबाट निःशुल्क बेड, आवाश्यक उपकरण र अपुग सामग्री गाउँपालिकाले खरीद गरेपछि बर्थिङ सेन्टर सुरु गरिएको हो । यससँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तीन वटा बर्थिङ सेन्टर भएको छ ।

     

    यसअघि गाउँपालिकाको याम्खा र ओख्रेमा बर्थिङ सेन्टर स्थापना भईसकेको छ ।आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology