चिसाङ सेर्पा जेठ/१ खोटाङ,
नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले कांग्रेस नेता मुगाधन राई र अटलशेर राईको संयुक्तरुपमा शालिक निर्माण गर्ने भएको छ । २००७ सालका आन्दोलनका योद्धा पुर्वाञ्चल मुक्ति सेनाका कमाण्डर तथा प्रजातन्त्र सेनानी मुगाधन र खोटाङ काग्रेसका पुर्व उपसभापति अटलशेरको स्मृतीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँमा आगामी असोजसम्ममा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस महासमिति सदस्य रवि प्रकाश राईको प्रमुख आतिथ्यता सोमबार र मंगलबार बसेकोे सर्बदलिय, सर्बपक्षिय बैठकले शालिक निर्माण गर्ने र सोही दिन अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता गराउने निर्णय भएको शालिक निर्माण मूल आयोजक समिति संयोजक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । शालिक निर्माण मूल आयोजक समिति संयोजकका अलवा शहरमान राई, महन्त कुमार राई, महेन्द्र कुमार कट्वाल, खेम बहादुर खड्का, पन्च कुमार राई, बलराम राई लगायत गरी २७ सदस्यीय निर्माण समिति रहेको छ ।
शालिक निर्माण संयोजक भट्टराइकै संयोजकत्वमा खोटाङमा १३ सदस्यीय र काठमाण्डौमा शम्भु कार्कीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति नरेश कुमार श्रेष्ठ, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति विष्णु कुमार राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, पुर्वसांसद सरस्वती वजिमय, महासमिति सदस्य सुवास कुमार पोखरेल लगायतका २१ जना सल्लाहाकार समिति गठन गरिएको शालिक निर्माण मूल आयोजक समिति संयोजक भट्टराईले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology