• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार चौलागाँई सम्मानित

पत्रकार चौलागाँई सम्मानित


चिसाङ शेर्पा
  • शनिबार, बैशाख २९ २०७५

  • चिसाङ शेर्पा बैशाख/२९ खोटाङ,
    खोटाङका पत्रकार उत्तम चौलागाँई सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट जिल्लाको व्यापार, व्यावसाय, विकास र प्रर्वद्धनमा सहयोग गरे वापत ‘वाणिज्य पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानित भएका हुन् ।

     

    खोटाङ उधोग वाणिज्य संघको नवौं साधारणसभा कार्यक्रममा पत्रकार चौलागाँईलाई नगद ५ हजार १ रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको वाणिज्य संघ खोटाङले जनाएको छ । संघको वार्षिक कार्यक्रम अन्तरगत शनिबार जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको साधारणसभा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ्ले पत्रकार चौलागाँईलाई सम्मानपत्र र चेक हस्तान्तरण गर्नुभएको थियो ।

     

    जिल्लामा क्रियाशिल पत्रकारहरु मध्ये प्रत्येक वर्ष संघले दिंदै आएको वाणिज्य पत्रकारिता पुरस्कार यसपटक पत्रकार चौलागाँईलाई प्रदान गरिएको हो । उनी राष्ट्रिय दैनिकका कारोवारका खोटाङ संवाददाता, सामुदायिक रेडियो हलेसी एफएमका प्रवन्धक, प्रभाव न्यूज डटकम सम्पादक तथा नेपाल पत्रकार महासंघ खोटाङका सचिव हुन् ।

     

    पत्रकार चौलागाँईसँगै संघले अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका तम्बराज राईलाई ५२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । गत पुस १८ गते भएको आगलागीमा परी कष्टकर जिबन बिताईरहेका संघका साधरण सदस्य राईलाई ‘खोटाङ उधोग वाणिज्य संघ सदस्य विपद् व्यवस्थापन कोष’बाट सहयोग गरिएको हो ।

     

    यस्तै, आफ्नो नवौं वार्षिक साधारणसभाको अवसरमा संघले २०७३/७४ को एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल दिननाथ भगवती मावि खोटाङ बजारलाई १० हजार १ रुपैंयाँ नगद र सम्मानपत्रले सम्मान गरेको छ । सामुदायि विद्धालयमध्ये उत्कृष्ट विद्धालयको रुपमा सम्मान गरिएको हो । विद्धालयका प्रअ कुमार पराजुलीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका मेयर दिपनारायण रिजालले नगद र सम्मानपत्रले सम्मान गर्नु भएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology