• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानको टोकियो, नागोया र ओशाकामा ”साकुरा नाईट ३’’ सम्पन्न

जापानको टोकियो, नागोया र ओशाकामा ”साकुरा नाईट ३’’ सम्पन्न


समायोजन खबर
  • शुक्रबार, बैशाख २८ २०७५

  •  

    समायाेजन खबर /११ मे जापान

    गोल्डेन विकको अवसरमा टोकियो, नागोया र ओशाकामा ‘साकुरा नाईट-३’भब्यताका साथ सम्पन्न भएको छ ।
    आधुनिक गाएक हेमन्त शर्मा, पप गाएक कमल खत्रि, लोक गाएक मिलन लामा, आधुनिक गाईका मिलन अमात्य, कमेडि किंग सन्दिप क्षेत्रिले बेजोड़ प्रस्तुति दिएको कार्यक्रममा संचारकर्मी नरेश भट्टराईले कार्यक्रम सन्चालन गरेका थिए ।

    निकै छोटो रहको औपचारिक कार्यक्रम ‘’साकुरा नाईटमा ३’’ मा रिवन काटेर समुद्घाटन गरे लगत्तै सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए । राष्ट्रीय गानबाट सुरुभएको टोकियोको कार्यक्रममा बाल कलाकार दिव्या नेपालले पहिलो प्रस्तुति प्रस्तुत गरेकि थिईन । ओपचारिक कार्यक्रममा रविन शर्माले उद्घोषण गरे पश्चात गरेका सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर समेत रहेका नरेश भट्रराईको उदघोषणमा सम्पुर्ण कार्यक्रम केन्द्रित रहेको थियो ।

    सूर्य कर्पोरेशनले विगत ३ वर्षदेखि ‘साकुरा नाईट’ आयोजना हुँदै आएको छ । कार्यक्रमको मुनाफा मानवसेवा आश्रमलाई सहयोग गर्ने सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले बताए ।आयोजकले गत वर्षको कार्यक्रमको मुनाफाबाट १ लाख ११ हजार १११ रुपियाँ मानव सेवा आश्रमलाई सहयोग गरेको थियो । साथसाथै यस वर्ष कार्यक्रमकै विच चितवनको चेपांग बालबालिका सहयोगार्थ छुट्टै ३० हजार एन सहयोग गरेको छ ।

    टोकियो ( मे ३ तारीक), नागोया (मे ४ तारिख), ओशाका (मे ५ तारिख) र मे ६ तारीक सायोनारा साकुरा नामक नाम दिई भव्य बिदाई सहितको सम्मान कार्यक्रम गरिएको थियो। टोकियोको कार्यक्रमको मेनेजमेन्टको ज़िम्मा एवन ईन्टरटेनमेन्टले पाएको थियो भने नागोया र ओशाकामा क्रमस एनआरएनए नागोया र नेपोलिएन गाईजको मेनेजमेन्ट गरेका थिए ।साकुरा नाइट ३ का सम्पुर्ण कलाकार जापान भित्रिय लगत्तै टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । हरेक बर्ष ठिक गोल्डेन विकमा साकुरा नाईट हुने आयोजक सुर्य कर्पोरेसनले बताएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology