• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा एकल महिला नगर समन्वय समिति गठन

हलेसीमा एकल महिला नगर समन्वय समिति गठन


समायोजन खबर
  • मंगलबार, बैशाख २५ २०७५

  • समायोजन खबर बैशाख/२५ खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एकल महिला नगर समन्वय समिति गठन गरिएको छ । एकल महिलाको हक, अधिकारका विषयमा वकालत गर्न र जिवीकोपार्जनका क्षेत्रमा काम गर्नका लागि नगरपालिकाको संयोजनमा लक्ष्मी राईको संयोजकत्वमा ७ सदस्यीय एकल महिला नगर समन्वय समिति गठन गरिएको हो ।

     

    हाललाई नगरपालिकाको ११ वडामध्ये हलेसी तुवाचुङ नगरपालिकाका–१ देखि ६ का २१ एकल महिलालाई मात्र समेटेर एकल महिला नगर समन्वय समिति गठन गरिएको उपमेयर बिमला राईले बताउनुभयो । अन्य बाँकी वडाका एकल महिलालाई पनि क्रमशः संगठित गरिने नगरपालिकाले जनाएको छ ।

     

    एकल महिलाको भेलाले नगरपालिकाबाट एकल महिलाका लागि विनियोजन भएको ५ लाख बजेटबाट योजना निर्माण गरेका छन् । नगरबाट बिनियोजित रकमबाट ७ एकल महिलाले बालबच्चाको पठन–पाठनका लागि सोलार बत्ती खरिद गर्ने, एक महिलाले व्यवसायीकरुपमा तरकारी खेती गर्ने, एक महिलाले किराना पशल सञ्चालन गर्ने र बालबच्चा पढाउने र बाँकी एकल महिलाले बाख्रा एबं बंगुर पालन गर्ने योजना बनाइएको उपमेयर राईले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology