• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यातायात व्यवसायी संघका पदाधिकारीहरु रिहा

यातायात व्यवसायी संघका पदाधिकारीहरु रिहा


चिसाङ शेर्पा
  • आइतबार, बैशाख २३ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा बैशाख/२३ खोटाङ,
    यातायात व्यवसायी संघ खोटाङका पदाधिकारीहरु रिहा भएका छन् । पक्राउ परेका खोटाङ यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार बुद्धिविनोद लुईटेल, अध्यक्ष विष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई र महासचिव रामकुमार हिङमाङ् शनिबार साँझ रिहा भएका हुन् ।

     

    खोटाङमा सिण्डीकेट नभएको र राज्यको नीतिनियम अनुसार व्यवसाय गर्ने शर्तमा यातायात व्यवसायी संघका पदाधिकारी रिहा भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । पदाधिकारी शनिबार साँझ रिहा भएपनि यातायातका सवारी साधन उक्त दिन बिहानैबाट सञ्चालनमा आएको थियो ।

     

    सरकारले यातायात व्यवसायी संघहरु एकतर्फी ढंगले खारेजी गरेको बिरोधमा सार्वजनिक यातायातका साधनहरु घर तथा ग्यारेजमा थन्काएर महासंघको पुर्वघोषित कार्यक्रम अनुसार यातायात ठप्प पारेको भन्दै पदाधिकारीहरुलाई स्थानिय प्रशासनले गएको शुक्रबार दिक्तेलको रत्नपार्कदेखी पक्राउ गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology