सरिता राई वैशाख /१९ भोजपुर,
भोजपुरमा भूकम्पले भत्काएको संरचनाको पुननिर्माण कार्यमा ढिलासुस्ती भएको छ । भूकम्प गएको ३ वर्ष पुगिसक्दा पनि पीडितले अनुदान स्वरुप पाउने भनिएको सबै रकम नपाएपछि पुर्ननिमार्ण कार्यमा ढिलाई भएको हो ।
पहिलो किस्ता बापतको ५० हजार रकम पाइसकेका पिडितकोे घरको कति काम भएको छ भनी इन्जीनियरले शहरी विकासलाई गरेको सिफारिसका आधारमा दोस्रो किस्ता लिन पाउने प्रावधान छ तर कस्तो संरचनाको घर बनाउने भन्नेमा आफुहरु अन्योल रहेको पिडितहरु बताउँछन् । घर निर्माण सम्बन्धी सर्वेक्षणका लागि २३ जना प्राविधिक प्राधिकरणले पठाएको भएपनि भोजपुर जिल्लामा १२ जना प्राविधिकले मात्र काम गरिरहेका छन् ।
अनुदान रकमका लागि कार्यविधी बारे जानकार नहुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु, स्थानीयस्तरबाटै सम्झौता ढिलो हुनु, दक्ष जनशक्तिको अभाव लगायत समस्याले पुर्ननिमार्णमा ढिलाई भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख राजनराज रेड्डीको भनाई छ ।वि.स २०७२ सालमा गएको भूकम्पबाट क्षतीकोे हिसाबले भोजपुर १७ औं स्थानमा रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology