• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दोश्रो नगरकप पुरुष फुटबलको उपाधी दिक्तेललाई

दोश्रो नगरकप पुरुष फुटबलको उपाधी दिक्तेललाई


चिसाङ शेर्पा
  • शनिबार, बैशाख ८ २०७५

  • चिसाङ शेर्पा बैशाख/८ खोटाङ,
    दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगीताको उपाधी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको टिम ‘ए’ ले हात पारेको छ । दिक्तेलले बुईपालाई एक शुन्य गोर अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।

     

    ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथमा सोल्मा स्पोर्टस क्लब सोल्मा दिक्तेलले गत बैशाख ४ गतेदेखी आयोजना गरेको खेलमा खार्मी र नुनथला दुई टिम सेमि फाईनलिस्ट भएका छन् ।

     

    प्रतियोगीताको विजयी प्रथम टिमले नगद रु ७५ हजार ७५ दोश्रोले रु ५० हजार ५० र सेमि फाइनलिष्टले रु २० हजार २० रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगीतामा बेष्ट प्लेयर दिक्तेल सोल्मा टिम ‘सि’ का प्रमोद राई भएका छन् । उनले ४ हजार ४० नगद पाएका छन् ।

     

    म्यान अफ दि म्याच दिक्तेल टिम ‘ए’ का शैलेस वजिमय, बेस्ट डिफेण्डर बुईपाका बिशाल राई, बेस्ट मिड प्लेयर बुईपाका तेज राई, उत्कृष्ट गोल रक्षक दिक्तेलका रुपेश गजमेर, बेष्ट कोच दिक्तेलकै मनोज राई र खार्मी अनुशासित टिम भएका थिए । उनीहरुले ३÷३ हजार ३० रुपैयाँका दरले पुरस्कार पाएका छन् । कृषिविज्ञ मदन राई, नेकपा एमाले खोटाङका उपसचिव कुमार आचार्य, कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, माओवादी केन्द्रका जिल्ला सदस्य सुमन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । समपान कार्यक्रममै खेलमैदान निर्माणका लागि जग्गा दिने जग्गादाता, पुरस्कार राशीमा सहयोगी, रेफ्रीलाई सम्मान गरिएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology